कृष्ण ओझा, पाँचथर । फिदिम नगर पालिपालिका ३ स्थित सुम्निमा आधारभुत बिद्यालयलाइ गोगदान पुर्याएकोमा संघिय साँसद वसन्त कुमार नेम्वाङलाइ सम्मान गरीएको छ । नेम्वाङलाइ बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सविता राईले बिद्यालयको प्रांगणमा दोसल्लाह र प्रमाणपत्रले सम्मान गरेकी हुन । त्यस्तै अन्य , बिद्यालयलाइ सैक्ष्किर भौतिकरुपमा योगदान दिने दाताहरुलाइ समेतलाई सम्मान गरिएको छ । बिद्यालयको १८ औं बार्षिक उत्सवको अवसरमा बुधबार प्रमाण पत्रसहित सम्मान गरिएको हो ।
सुम्निमा बिद्यालय स्थपनाका लागि जग्गा दाता विर बहादुर राईलाइ प्रमाण पत्र र दोसल्लाहले सम्मान गरिएको छ । राइले बिद्यालयलाइ दुई रोपनि जग्गा निसुल्क प्रदान गरेका थिए । नेम्वाङले बिद्यालयलाइ बिद्याललय र शैक्षिकक्षेत्र सुधारका लागी व्यक्तिगत पचासहजाररुपैया सहयोग गरेका थिए । नेम्वाङलाइ पनि सम्मान गरिएको हो ।
त्यस्तै बिद्यालयको भौतिकसुधारका लागी नेकपाका नेता श्याम तुम्ब्रोकले एकलाख, ७६ हजार सात सय उनासी रुपैयाँ प्रदान गरीएकोमा सम्मान गरिएको हो । त्यस्तै बिद्यालय स्थपनाको भुमिका निर्भाह गर्ने र योगदान दिए वापत कमल राइ , त्यस्तै बिद्यालय जनमाउन र सञ्चालनमा टेवा पु¥याए वापत शिक्षक भक्त बहादुर राई लाइ समेत सम्मान पत्रले सम्मान गरिएको हो । उत्सवका प्रमुख अतिथि नेम्वाङले एक उत्सव समारोह बिच समाजसेविहरुलाइ सम्मान गरेका हुन ।
बिद्यार्थिहरुले बिद्यालयका शिक्षिकाहरुलाइ पनि सम्मान गरेका थिए । त्यस्तै शिक्षहरुलाइ पनि सम्मान गरिएको थियो ।यस बिद्यालयलाई तत्कालिन सांसद गणेश कुमार काम्वाङले उद्घाटन गरेका थिए । कार्यक्रममा, बिद्यालय स्थापना र नामजुराउन खेलेको भुमिका शिक्षक भक्त बहादुर राइले शुभकामना वक्तव्यमा प्रस्तुत गरेका थिए ।
महत्सोवमा नृत्य, हाजिरीजवाफ लगायत बिभिन्न कार्यक्रमहरु समेत गरिएको थियो । महत्सवलाइ १८ वटा दिप प्रज्वलन गरि संघिय सांसद वसन्त कुमार नेम्वाङले उद्घाटन गरेका थिए । नेम्वाङले बिद्यालय माध्यामिक तहसम्म सञ्चान गर्न सुझाव दिदै आफुले सकेको सहयोग पु¥याउने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा नेकपाका नेता राजकुमार भण्डारीले समेत शुभकामना दिएका थिए ।
प्रतिक्रिया