नेविसंघ कार्यसमिति भंग

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो विद्यार्थी संगठन नेविसंघको कार्यसमिति भंग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गरेको हो ।

यससँगै नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट विभिन्न मितिमा गरिएका मनोनयन केन्द्रीय समितिले खारेज गरिदिएको छ । कांग्रेस बैठकले अघिल्लो मिति पारी नेविसंघ सभापति, पदाधिकारी या सदस्यहरुबाट भएका विभिन्न मनोनयनका सबै निर्णय बदर गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल विद्यार्थी संघको सभापति पदमा रही गरेको कार्यका लागि नैनसिंह महर तथा समयावधि समाप्त भइसकेको उनको नेतृत्वको केन्द्रीय समितिलाई धन्यवाद ज्ञापन गरेको छ । यसअघि नेविसंघका अध्यक्ष नैनसिंह महरले सोमबार राजीनमा गरेका थिए भने केही समयअघि ७ जना पदाधिकारीले राजीनामा दिएका थिए ।

प्रतिक्रिया