घुससहित पक्राउ परेका असई फरार

महोत्तरी । महोत्तरीबाट १० हजार घुससहित पक्राउ परेका असई रामनरेश शाह अख्तियारको नियन्त्रणबाट फरार भएका छन् । औरही प्रहरी चौकीमा कार्यरत शाह मंगलबार दिउँसो पक्राउ परेका थिए । अख्तियारको बर्दिबासस्थित कार्यालयबाट गएको ५, ६ जनाको टोलीले नवदुर्गा सःमिलबाट पक्राउ गरेको थियो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भागेका असईको खोजी भइरहेको जानकारी दिएका छन् । असई साहलाई पक्राउ गर्न अख्तियारको टोली बर्दिबासबाट औरही आएको खबर पाएल गत्तै उनी नजिकैको स:मिलमा पुगेका थिए ।

प्रहरीले स:मिलमै गई मिलका सञ्चालक दिनेश साह र असई साहलाई नियन्त्रणमा लिएको थियो । सोही क्रममा साहका पक्षमा स्थानीयलेबिरोध गरेका थिए । त्यसैको मौका छोपी असई रामनरेश साह र मिलका सञ्चालक फरार भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया