कंगनालाई मिडियामा नबोल्न अलियाको आग्रह

एजेन्सी, मुम्बई । आफू अभिनीत चलचित्र ‘मणिकर्णिका’ माथि कुनै प्रतिक्रिया नजनाएको भन्दै बलिउड अभिनेत्री कंगना रनौतले केही कलाकार मतलबी भएको दुखेसो पोखेकी छन् । उनले अभिनेता आमिर खान, अभिनेत्री आलिया भट्ट र टिंकल खन्नामाथि यस्तो टिप्पणी गरेकी हुन् । साथै उनले आलियालाई करण जोहरको कठपुतली भएको आरोप लगाएकी छन् ।

बेलाबेलामा विवादमा आइरहने अभिनेत्री कंगनाले आफूमाथि लगाएको आरोपबारे आलियाले पहिलोपटक मुख खोलेकी छन् । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘यदि फिल्मलाई सहयोग नगरेका कारण कंगना मसँग रिसाएकी हुन् भने म उनीसँग व्यक्तिगत रुपमा क्षमा माग्न चाहन्छु ।’ उनले आफूसँग कुनै कुरामा असहमति भए त्यसलाई मिडियासामु नल्याउन आग्रह गरेकी छन् । व्यक्तिगत असन्तुष्टिलाई मिडियामा ल्याउनु राम्रो उनले बताइन् । कंगनाको चलचित्र ‘मणिकर्णिका’ दोस्रो हप्तामा सय करोड क्लबमा प्रवेश गरेको छ ।

प्रतिक्रिया