फूलमान र रञ्जनाले सुनाए कविता

चितवन । कवि एवं सञ्चारकर्मी फूलमान बल र रञ्जना लिम्बू नारायणगढमा आयोजित काव्य मेलाको आठौं शृंखला सुनिएका छन् । अराजक अक्षर समूह चितवनले नाट्यकर्मी समूहसँगको सहकार्यमा आयोजना गरेको कविता वाचनमा यी कविले दुई दर्जन कविता सुनाए ।

कवि बलले बागमतीको आत्मालाप, बाँदरको अपिल, भ्यालेन्टाइन डेको जुन, इन्द्रणी गीत, न्युज, शीतलहर, आजका मान्छे, भुइँचालो, महाभारतकी मैच्याङ, बुद्धसँग जम्काभेट, दोस्रो जुनी, खरानीभित्र, दसैं आयो, ‘काठमाडौंविरुद्ध’ लगायतका कविता वाचन गरे ।

यसैगरी लिम्बूले आठवटा कविता सुनाइन् । उनले घडी, गुनासो, घुम्तीनिरको चिया पसल, शौचालय आदाम्बे, मैले बोल्दा यो देशको नक्सा हल्लिन्छ लगायतका कविता वाचन गरिन् ।

कवि सरिता तिवारीले फूलमान र रञ्जनाका कवितामाथि समीक्षात्मक टिप्पणी गर्दै भनिन्, ‘दुवैले आफ्ना कवितामा पहिचानका मुद्दालाई वैचारिक र कलात्मक रूपमा पस्केको पाइन्छ ।’ तीन वर्षअघि रंगमञ्चसँग साहित्यलाई जोड्दै सुरु भएको काव्य मेलामा मुलुकका विभिन्न भेकका स्रष्टालाई प्रस्तुत गर्दै आएको अराजक अक्षर समूहका अध्यक्ष मुकुन्द खलपात्रले जानकारी दिए ।

प्रतिक्रिया