रेलले किच्चिएर २ किशोरीको मृत्यु

वीरगञ्ज । सीमावर्ती सहर भारतको रक्सौल रेल्वे स्टेसनमा पर्साका दुई किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–२, भेडिहारी निवासी राजेश्वर साह कलवारकी छोरी अन्दाजी १६ वर्षीय निभा कुमारी गुप्ता र वडा–३, हरिहरपुर निवासी हरिकिशोर चौरसियाकी छोरी अन्दाजी १७ वर्षीय किरण चौरसियाको शव फेला परेको हो ।

रक्सौलस्थित रहेको कंगना ढालामा रेल्वेको पटरीमा किचिएको अवस्थामा दुबै जनाको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । अध्ययनको क्रममा दुबै जना वीरगञ्जको रानिघाटमा डेरा लिई बस्दै आएका थिए । मृतकहरूको साथबाट फेला परेको परिचयपत्रबाट दुबै जना वीरगञ्ज पब्लिक क्लेजको कक्षा ११ मा पढदै आएको खुलेको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक आन्नतराज शर्मासँग बुभ्mदा घटनाबारे विस्तृत जानकारी लिने काम भइरहेको वताए । दुबै जना रेल्वे स्टेसन कसरी पुगे र मृत्यु कसरी भयो भनेबारे पनि बुभ्mने कार्य भइरहेको उनले बताए । स्थानीयका अनुसार मृतक मध्ये एक जनाको १ फागुन बुधबार विवाहका लागि पुजाई हुने वाला थियो । सरस्वती पूजाकै दिन सीमावर्ती सहर रक्सौलको स्टेसनमा दुई जना छात्राको शव फेला पर्नुले घटना रहस्यमय देखिएको छ ।

प्रतिक्रिया