‘ज्ञान मर्दछ, हाँसेर रोइ विज्ञान मर्दछ’

सरस्वतीको कृपा दुरुपयोग हुन जाँदा विध्वंश हुन्छ । सदुपयोग भए, निर्माण बन्न पुग्छ । ज्ञान सधैँ हाँस्दछ, मुस्कान छर्छ, सदाचार र सहयोग, संत्कृति दिन प्रयास गर्दछ । ज्ञानको साथमा विज्ञानलाई डोर्याउन सके विज्ञान पनि यस्तै हुन सक्छ । सम्पूर्ण मानव जगत् भयरहित, क्रोधरहित, आवेगरहित, चनावरहित हुन सके विज्ञान कलात्मक बन्न पुग्छ । शुद्ध आचरण, नैतिकवान्, चरित्रवान्, व्यक्तिहरूबाट सामाजिक पुनरुत्थान हुन सक्छ । नव निर्माण हुन सक्छ, सिर्जनाकी देवीले वसन्त ल्याउन प्रेरित गर्छिन् हर मानव जीवनमा

आज माघ २७ गते वसन्तपञ्चमी हो । वसन्तपञ्चमी सरस्वतीको पूजा आराधाना गरी मनाइन्छ । माता सरस्वती वाणीकी देवी हुन् । माघ शुक्ल पञ्चमी ज्ञानकी देवी श्री सरस्वतीको स्मरण गर्ने दिन हो । सूक्ष्म ब्रह्माण्डको सत्ता लिएर धर्तीमा अवतरित मानव विज्ञानको सदुपयोग गरी विशाल ब्रह्माण्डमा अधिपति जमाउन प्रयासरत देखिन्छ । चन्द्र धरातलदेखि मंगल ग्रहसम्म पहुँच र समस्त भूखण्ड तथा खगोलीय पिण्डहरूलाई आफ्नो रिमोर्ट कन्ट्रोलमा राख्न चाहने मानव मस्तिष्क भन्नु परमेश्वरी देवीको कृपादृष्टि नै हो ।

‘ॐ नमो वागिश्वराय’ बाट आरम्भ भएको शब्दांकुरले नाद ब्रह्मलाई भेदन गरी स्वर, संगीत, कलापारखीसम्म र शिक्षण, प्रशिक्षण, अनुशिक्षणदेखि प्रयोगशालाको भौतिक र रासायनिक परीक्षणसम्म साथ दिने ब्रह्मायणीदेवीको अनुपम कृपादृष्टिले आजको संसार ढुंगे युगबाट नवीनतम् ऊर्जाशील युगसम्म पदार्पण गर्दै छ । ज्ञान, विवेक, संयम, धैर्य, श्री पराक्रमको सही उपयोगदेखि मानव रक्षासम्म र धर्ती अम्बर सबैतिर रहेका सूक्ष्माती सूक्ष्म जीवाणु, कीटाणुसम्मको रेखदेख र भाइचाराको सन्देश, मानव संस्कृतिको अनुपम उदाहरण हो । आदि शक्ति सरस्वतीको जन्मजयन्ती पर्व वसन्तपञ्चमी अर्थात् श्रीपञ्चमी ।

महान् स्रष्टा, ग्रन्थकार, कवि, वकिल, साहित्यकार, कलाकर्मी, सञ्चारकर्मी, डाक्टर, बुद्धिजीवी, शिक्षक, नेता, अभिनेतादेखि वैज्ञानिकहरूसम्मको साधना सरस्वतीका कृपादृष्टि हुन् । कलम–विचारको प्रवाहदेखि धर्म, संस्कृतिको जगेर्नासम्मको, सीप संस्कारदेखि जिउने कला, वक्तृत्व, प्राविधिक ज्ञानदेखि सम्पूर्ण मानव जीवनलाई सरल, सरस, सारगर्भित बनाउन प्रेरित गर्ने देवी अथाह ज्ञानस्रोतकी सागर नै हुन् । जति खर्च ग¥यो त्यति बृद्धि हुने सीप, संगीत पारखीहरूका लागि साधनाकी स्रोत पनि हुन् ।

कमलासनी, सेतो वस्त्र धारण गरेकी, वीणा हातमा लिएकी, ब्रह्मादि देवताहरूबाट विशेष वन्दना गरिएकी, अभय मुद्रा भएकी वरदान र श्राप दुवै दिने सक्ने देवी मानव जीवनकि, शक्ति सञ्चारिका नै हुन् । विश्व रचनादेवी पालनाकार्य र सम्भारकारी गुण सम्पन्न देवीलाई महालक्ष्मी एवं रुद्रायणीका रूपमा पनि चिनिन्छ । विश्व जननी भुवनेश्वरीदेवीको सत्ता, शक्ति पाएर सृष्टिकर्ता परमेश्वर सर्वगुण सम्पन्न बनेको छ ।

कम्प्युटर भित्रका आकृतिदेखि नृत्यकलासम्म र गायन स्वरदेखि आधुनिक साजसज्जा सहितको स्वर ध्वनि यन्त्रसम्मकी देवी सरस्वती विज्ञानकी संरक्षिका पनि हुन् । मानव जीवनलाई ऐश, आराम दिलाउने देवी, भोग, सुखका अतिरिक्त विज्ञानको सदुपयोगसम्म गर्न प्रेरित गर्छिन् । शस्त्रास्त्रको होडबाजी, आपसी द्वन्द्वको पराकाष्ठा, अशान्ति, भय, क्रोध, हिंसा, चनावल बम बारुदका धुवाँहरू केवल सरस्वतीको विस्मरण नै हो ।

आदिम ढुंगे युगबाट गुज्रेको मानव विश्वलाई एउटा हत्केलामा राख्न सफल छ तर उनको विस्मरणले घटनाहरू, दुर्घटनाहरू, आक्रमण, बन्द हडताल, तोडफोड, चक्काजाम, आगजनी, ध्वस्त, वित्रीरणमुक्त, प्रदुषणमुक्त भइरहेछ । प्रत्येक सिक्काका दुई पाटा हुन्छन् । दुवै पाटाहरूलाई सकारात्मक बनाउन सरस्वतीको कृपादृष्टि सद्भाव, प्रेम, स्नेह, सहिष्णुता, भाइचारा, एकता, समन्वय आवश्यक छ । बगैँचामा थरिथरीका पूmलहरू हुन्छन् । रंगीबिरंगी पूmलहरूले सजिएको बगैँचा निश्चय नै सुन्दर हुन्छ ।

कुम्भकर्णको पराक्रम, मन्थराको जिभ्रो, कंशको दुराचार, रावणको अत्याचार अन्ततः खेर नै गयो । सरस्वतीको कृपा दुरुपयोग हुन जाँदा विध्वंश हुन्छ । सदुपयोग भए, निर्माण बन्न पुग्छ । ज्ञान सधैँ हाँस्दछ, मुस्कान छर्छ, सदाचार र सहयोग, सत्कृति दिन प्रयास गर्दछ । ज्ञानको साथमा विज्ञानलाई डो¥याउन सके विज्ञान पनि यस्तै हुन सक्छ । सम्पूर्ण मानव जगत् भयरहित, क्रोधरहित, आवेगरहित, चनावरहित हुन सके विज्ञान कलात्मक बन्न पुग्छ । शुद्ध आचरण, नैतिकवान्, चरित्रवान्, व्यक्तिहरूबाट सामाजिक पुनरुत्थान हुनसक्छ । नव निर्माण हुनसक्छ, सिर्जनाकी देवीले वसन्त ल्याउन प्रेरित गर्छिन् हर मानव जीवनमा ।

वसन्तपञ्चमीको अर्को पक्ष हो जीवनमा वसन्तको आगमन । नवीन ऊर्जाशैली, नयाँ किरण, नयाँ बिहानी, नव पालुवाहरू, नवीनतम् प्रयोग आदि–आदि । नव जीवन, कोमल जीवन, स्वस्थ जीवन, सरल जीवन, सौन्दर्ययुक्त जीवन, सौन्दर्य समाज निर्माणको पहल गरौँ वसन्त आगमनको शुभारम्भको संकेत वसन्तपञ्चमी, श्री पञ्चमी पर्वले हर मानव सुखी र समृद्ध होऊन्, यही हाम्रो शुभकामना । अस्तु

प्रतिक्रिया