वर्षाले इँटा उद्योगमा व्यापक क्षति

रौतहट । बेमासमी वर्षाका कारण रौतहटस्थित इँटा उद्योगमा ठूलो क्षति भएको छ । शुुक्रबार रातिदेखि परेको पानीले इँटा उद्योगमा रहेको काँचो इँटा गलेर जिल्लाभरीका ईटा उत्पादकलाई एक अरब भन्दा बढीको क्षती भएको हो ।

बेमौसमी बर्षाको पानीले प्रत्येक ईटा उद्योगमा पोल्नलाई तयार अवस्थामा राखिएको काँचो इँटा गलेर प्रत्येक इँटा उद्योगमा १० देखी १५ लाख रूपैयाँ बराबरको क्षती भएको इँटा उत्पादक संघ रौतहटका अध्यक्ष रामबिनोद साहले बताए ।

जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ८ महमदपुर स्थित रहेको एसपिएल इँटा उधोगमा पोल्नको लागी तयार अवस्थामा राखिएको १० लाख भन्दा बढीे काँचो इँटा पानीले गलेर नष्ट भएको सञ्चालक राम बिनोद साहले बताए । पानी पर्दा दिनभरी मजदुर र मेशिनले बनाएका ठूलो परिमाणका काचो इँटा गलेर जाने र फेरी बनाउन निकै खर्चिलो हुने गरेको छ ।

काँचो इँटालाई सुुकाएर पोल्नका लागी तयार गर्दासम्म प्रति ईटा दुुईरूपैया उत्पादकको न्युनतम खर्च हुनेगरेको साहले बताए । यसरी गलेर क्षतीभएको मात्र १० लाख काँचो इँटाको हिसाव गर्ने हो भने २० लाख रूपैया एउटा उधोगलाई नोक्सानी भएको छ ।

रौतहट जिल्लाभरीमा यस आर्थिक बर्षमा घरेलुु तथा साना उधोग कार्यालयमा दर्ता रहेको एकसय ५७ वटा इँटा उद्योगहरू सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया