सम्पथकाे गीति कोसेली ‘सातौं जन्म’ सार्वजनिक

काठमाडौं । प्रणय दिवसको सन्दर्भ पारेर गायक सम्पथ ढकाल ‘सन्तोष’ को आवाज रहेको ‘सातौं जनम’ बोलको गीत सार्वजनिक गरिएको छ । मायाप्रेमको विषयमा केन्द्रित रही तयार पारिएको गीतको शब्द तथा संगीत पनि गायक ढकालकै छ ।

विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ रहेको गीतको भिडियो निर्देशन दिपक अधिकारीले गरेका छन् । मोडल आवाज गुरुङ र सुशिक्षा पराजुलीको अभिनय रहेको भिडियोको सम्पादन विजयराज भुर्तेलले गरेका छन् ।

गीतको भाव अनुसार नगरकोटको सुन्दर दृश्यलाई भिडियोमा कैद गरिएको निर्देशक अधिकारीले बताए । वासु बरालले छायांकन गरेको उक्त गीत ओएसआर डिजिटलबाट शनिबार रिलिज गरिएको गायक ढकालले जानकारी दिए ।
भिडियो हेर्नुहोस् 

प्रतिक्रिया