नेपाल फिफा वरीयतामा यथावत

काठमाडौं । फिफा वरीयतामा नेपाल १ सय ६१ औँ स्थानमा यथावत छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल यथावत रहेको हो । नेपालभन्दा माथि रहेको दक्षिण एसियाली देशमा माल्दिभ्स १ सय ५२ औँ स्थानमा छ । भारत ६ स्थान घटेर १ सय ३ आँै स्थानमा छ । भर्खरै एसिया कप फुटबलमा समुह चरणबाटै बाहिरिएको भारत वरीयतामा समेत तल झरेको हो ।

नेपालभन्दा तल रहेको भुटान १ सय ८६ आँै, बंगलादेश १ सय ९२, पाकिस्तान १ सय ९९ र श्रीलंका २ सय स्थानमा यथावत छ । विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इङ्ल्यान्ड पाँचौँ स्थानमा यथावत छ । छैटौ स्थानमा पोर्चुगल, सातौ स्थानमा उरुग्वे, आठौ स्थानमा स्विटजरल्याण्ड, नवाँै स्थानमा स्पेन र दसौँ स्थानमा डेनमार्क रहेको छ ।
एसिया कपको उपविजेता जापानले २३ स्थान फड्को मार्दै २७ औ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया