सिन्धुली जीप दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा आज जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । फिकल गाउँपालिका वडा नं २ चण्डी भञ्ज्याङमा उक्त जीप दुर्घटना भएको हो । सोही घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ ।

मृत्यु हुनेहरुको सनाखत न भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ । प्रहरीका अनुसार बा १५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुको खुकोट अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया