प्रभु लाइफले थप्यो तीन शाखा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका नयाँ तीन शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज, घोराही र बुटवलमा प्रभु लाइफ इन्स्योरेन्सको शाखा विस्तार भएका छन् । उक्त तीनवटै शाखा कार्यालयहरूको कम्पनीका अध्यक्ष डा। आत्माराम घिमिरेले उद्घाटन गरे । अध्यक्ष घिमिरेले शाखा विस्तारको क्रममा रहेको र जीवन बिमा कम्पनीहरूका भन्दा राम्रा बिमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालमा शाखा विस्तार गर्ने क्रममा बताए ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाई र श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख हरिशरण चौलागाईकोे उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले जीवन बिमालाई गाँउसम्म पुर्याउने उद्घेश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बिमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । दुई अर्ब चुक्तापूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६०करोड रूपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ ।

प्रतिक्रिया