प्रदेश–१ बाट पनि श्रम स्वीकृति

विराटनगर । वैदेशिक रोजगारमा जानेहरूका लागि बुधबारदेखि विराटनगरबाट श्रम स्वीकृति इजाजत दिन सुुरु गरिएको छ । प्रदेश–१ को अस्थायी राजधानी विराटनगरको श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति दिन सुुरु गरिएको हो ।

प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले श्रम स्वीकृतिको शुुभारम्भ गरेको थियो । वैदेशिक रोजगार डेस्क स्थापनागरी विदेशबाट बिदामा आई पुुनः रोजगारीका लागि जानेहरूका लागि सेवा आरम्भ गरिएको हो ।

वैदेशिक रोजगारीमा गई काम गरेर छुट्टीमा आएकाहरूले श्रम स्वीकृत पाउने श्रम कार्यालय विराटनगरको निमित्तप्रमुख सविता दाहालले बताइन् । पहिलो चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।

निमित्त प्रमुुख दाहालका अनुुसार वैदेशिक रोजगारी कल्याण कारिणी कोषको १ हजार ५ सय र बिमाबापत ३५ वर्ष उमेर समूहसम्मको ३ हजार ९ सय २५ रुपैयाँसमेत गरी कुल ५ हजार ४ सय २५ रुपैयाँ श्रम स्वीकृतका लागि बुझाउनुपर्ने हुुन्छ । कार्यक्रममा पहिलो सेवाग्राहीका रूपमा धनकुटाको चौबिसे गाउँपालिका–५ बोदेका विजय खड्कालाई मन्त्री घिमरेले श्रम स्वीकृतको इजाजत दिए ।

प्रदेश–१ को १४ जिल्लाका सेवाग्राहीले श्रमस्वीकृति लिन सक्नेछन् । मन्त्री घिमिरेले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन प्रदेश सरकार लागेको भन्दै त्यसका लागी नौ हजार युवालाई सीपमूलक तालिम दिइने बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले अब संघीयतालाई स्थानीय स्तरसम्म पुु¥याउन केन्द्रबाट हुुने सवै सेवा स्थानीयस्तरमै प्रदान गरिने बताए ।

कार्यक्रममा दिएको जानकारी अनुुसार श्रम मन्त्रालयले पहिलो चरणमा गत १५ पुसदेखि प्रदेश–२ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश–५ को बुटवलबाट पुनः श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो । त्यस्तै, गत २५ पुसदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालिएको थियो ।

२९ पुसदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट र ११ माघदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाटसमेत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न थालिएको थियो ।

प्रतिक्रिया