छुवाछुतको बिषयमा ‘दियो बल्दैन’ सार्वजनिक

काठमाडौँ । धिताल फिल्मसको प्रस्तुतिमा दलित जातिय तथा छुवाछुतको बिषयमा तयार पारिएको जनचेतनामुलक गीत ‘दियो बल्दैन’ सार्वजनिक भएको छ । अनामनगर स्थित संवाद डबलीको सभा हलमा बुधबार पत्रकार सम्मेलन गरि उक्त गीत सार्वजनिक गरिएको छ ।

७७ वटै जिल्लामा रहेका नेपालीबीच र दलित जातिय भित्रै पनि बिभिन्न भेदभाव अझैसम्म अन्त्य हुन नसकेको बिषयलाई शब्द तथा संगीतमा समावेश गरिएको छ । कलाकार तथा पत्राकार प्रकाश बराइली अभिव्यक्तिले सोही गीतो शब्द सृजना गरेका छन् भने रमेश बिक्रम रत्नको परिकल्पना तथा संगीत रहेको छ ।

त्यस्तै गायकहरु राजन भुजेल बिश्वकर्मा, रमेश बिक्रम रत्न, सुजन बराइली र राजेश बर्देवाको आवाज साथै गायिकाहरु सुनितामी परियार, लक्ष्मी परियार, गीता सेन्चुरी र प्रतिमा बिश्वकर्मा लगायतका ८ जना कलाकारहरुको संयुक्त मर्मस्पर्सी आवाजमा समेटिएको छ ।

सोही गीतको भिडियोमा होम धितालको निर्देशन रहेको छ भने बासु बरालले छायांकन तथा रोशन धितालले सम्पादन गरेका छन् । सोही भिडियोमा मेरी बास्सैका हाँस्यकलाकार राम चन्द्र अधिकारी (गोपते काजी), गीता नेप्काल, होम धिताल, रमेश बिक्रम रत्न, अस्मिता राना, जय शम्भु, राजा भुजेल बिश्वकर्मा, सचिन परियार, निशान आर्यन सिग्तान र गणेश परियार लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय अध्यक्ष त्रिलोक चन्द बिश्वास बिकले उक्त कार्यक्रममा गीत बिमोचन गरेका थिए । नेपाल दलित संघ आन्दोलनकी अभियन्ता तथा संचारकर्मी सरु सुनार लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपालमा दलितहरु भित्रै पनि छुवाछुतको भेदभाव भएकाले यस गीतले सम्पूर्ण नेपालीहरु र दलितहरुबीच संदेश दिने बताए प्रमुख अतिथि त्रिलोक चन्दले बताए । त्यस्तै बिशेष अतिथि सरु दलित संघकी आन्दोलन अभियन्ता सरु सुनारले पनि दलित र निमुखाकै कारण दलितहरुले विभिन्न घटनामा ज्यान गुमाउन परेको र यो गीत यो समयमा आउने पर्ने दाबि गरिन् ।

सोही क्रममा रमेश बिक्रम रत्नले आफु सशत्र प्रहरीमा हुँदा, जनयुद्धको बेलामा हरेक नेपालिओ घरमा बसेर संगै खान खाएको तथा कसैले पनि छुवाछुतको भेदभाव नगरेको तर जागिर छोडेर गाउँ गएपछी दलित भनेर हेपाहा ब्यबहार गरेको कारण मन थाम्न नसकी यस्तै गीत बजारमा ल्याएर सम्पूर्ण नेपालीहरु र विभिन्न वर्गका दलितहरुलाई समेत संदेश दिँदै छुवाछुतको अन्त्य गर्न पर्छ भन्ने भावनाले यस गीतको परिकल्पना गरेको बताए ।

प्रतिक्रिया