किशन र रेश्माले जोडे कुम

काठमाडौं । सञ्चारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेश्मा केसीको आवाज रहेको ‘कुम जोडी नाचौँ लाग्यो’ गीतको भिडियो सार्वजनिक गरिएको छ । अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक समेत रहेका किशनको यसअघि ‘कान्छी हे कान्छी’ गीत सार्वजनिक भएको थियो ।

नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका गायक किशन दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्षसमेत हुन् । उनको पछिल्लो गीत ‘कुम जोडी नाचौ लाग्यो’ डान्सिङ बिटको गीत हो । यो गीतको भिडियो युएस मिडिया नेटवर्कको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

गीतको भिडियो कलाकार तथा चलचित्र निर्देशक शिशिर राणाले निर्देशन गरेका हुन् । हाल अमेरिकामा बस्दै आएका गायक किसनको यो गीतको कोरियोग्राफी कमल राइले गरेका छन् । शिव ढकालले छायांकन गरेको यसको भिडियोमा मोडल निकोलस अर्याल र एन्जल श्रेष्ठको अभिनय छ । शिव शर्मा चञ्चलको शब्द र एसडी योगीको संगीत रहेको यो गीत अमेरिकाको एएचएस रेकडिङ स्टुडियोे टेक्सासमा रेकर्डिङ गरिएको किशनले जानकारी दिए ।

प्रतिक्रिया