टीका र संजीवको ‘कर्के नजर’

काठमाडौं । गायिका टीका प्रसाईं र गायक संजीव पराजुलीको आवाज रहेको ‘कर्के नजर’ गीतको भिडियो सार्वजनिक भएको छ । संगीत तथा एरेन्ज आशीष अविरलको रहेको गीतमा गीतकार आनन्द अधिकारीले शब्द सिर्जना गरेका हुन् । यो गीत टीका र संजीवको संयुक्त एल्बम ‘सँग सँगै’ मा समावेश छ ।

गीतको भिडियोमा भाइब एन्ड वेब ग्रुपसँगै राहुल शाह, अलिशा शर्मा र बाल कलाकारद्वय रन्जिता कार्माचार्य र आर्या केसीको अभिनय छ । भिडियोको निर्देशन राहुलले गरेका छन् भने पवन सुस्लिङको सम्पादन तथा छायांकन छ । गायिका टीका र गायक संजीवले यसअघि गाएको ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘पहिलो भेटैमा’, ‘अलि अलि गर्दै’ बोलका गीत दर्शकस्रोताले निकै मनपराएका थिए ।

प्रतिक्रिया