राष्ट्रिय महिला भलिबलमा एपीएफ पुलिस क्लव प्रथम 

काठमाडौँ । नयाँ बस पार्क ढोरपाटन भलिबल समिति युवा क्लवद्वारा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७५ मा नेपाल पुलिस क्लव फोर्स (एपीएफ) प्रथम भएको छ ।

माघ ५ गतेदेखि सुरु गरेको राष्ट्रिय महिला भलिबल १५ दिने प्रतियोगितामा बर्षाको कारण एकदिनको खेल रद्ध गरेर आज २० गते अन्तिम फाइनल गराएको नेपाल राष्ट्रिय भलिबल संघका सचिव तथा ढोर पाटन समितिका अध्यक्ष मानबिर छन्त्यालले जानकारी गराए ।

उक्त खेलमा प्रथम नेपाल पुलिस फोर्स (एपीएफ) ले रु ३ लाख ५० हजार साथै गोल्डमेडल र ट्रफी, दोस्रो नेपाल पुलिस क्लव ले रू २ लाख साथै गोल्डमेडल र ट्राफी र तेस्रो त्रिभुवन आर्मी क्लवले रु १ लाख साथै गोल्डमेडल र ट्राफी तेस्रो हात पारेका छन् ।

सोही खेलमा चौथोलाई ६० हजार, पाँचौलाई ४० हजार, छैटौंलाई ३० हजार र सातौँलाई रु २० हजार पुरस्कार हस्तान्तरण गर्नुका साथै उत्कृष्ट दर्शकलाई समेत छनोट गरेर सुजुकी कम्पनीको एउटा स्कुटी हस्तान्तरण गरेको अध्यक्ष छन्त्यालले बताएका छन् ।

सोही ढोरपाटन भलिबल युवा क्लवले २०६२ साल देखि प्रत्यक बर्ष यस्तै राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको अध्यक्ष मानबिर छन्त्यालले बताएका छन् ।

प्रतिक्रिया