प्रवास

जापानमा मनाइयो ‘सोनाम ल्होछार’

सौर्य अनलाइन २०७५ माघ २० गते ८:२६ मा प्रकाशित

काठमाडौं । नेपाल तामाङ सोसाइटी जापान नागोयाले २८ सय ५५औं ‘सोनाम फा ल्होछार’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रमबाट उठेको केही रकम क्यान्सर पीडितलाई सहयोग गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।  नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बूले कार्यक्रमको प्रमुख अतिथि ग्रहण गरेका थिए । अहिलेको सरकारले जनजातिहरुलाई भेदभाव गरेको र जनजातिहरुको राष्ट्रिय पर्वमा समेत बिदा कटौती गरेको प्रति आदिवासी जनजाति महासंघ जापानले पनि त्यसको विरोध गरेको उनको भनाइ छ ।

कार्यक्रमका विशेष अतिथिमा पूर्व–अध्यक्ष एनआरएनए जापान तथा एसिया प्यासिफिकका उप–संयोजक पारसमणि पोख्रेलले पनि आप्mनो १५ वर्षे जापानको अनुभव सुनाए । त्यसैगरी, कार्यक्रमका अतिथिका रूपमा युवा संचारकर्मी राम तामाङको पनि उपस्थिति थियो । स्वागतस्वरुप पेमा तामाङ र समिर तामाङले तामाङ सेलो गाएर सांस्कृतिक कार्यक्रमको सुरुवात गरेका थिए । यसैगरी, कलाकारहरू छवि लामा, सम्झना लामा, मार्संग लामा, शान्ति लामा र जनक थोकर लागायतका कलाकारहरुको बेजोड प्रस्तुति दिएका थिए ।

साथै तामाङ सोसाइटी जापान नागोयाले आयोजना गरेको ‘सोनाम ल्होछार’ स्पेसल फोटो प्रतियोगितामा विजेता बन्न सफल भएकी सिरिशा लामालाई पनि उपहारस्वरूप नगद रु. १० हजार (दश हजार) जापानी ऐन प्रदान गरिएको थियो । सिरिशाले अन्य ४५ जना प्रतिस्पर्धीलाई पछि पार्दै फोटोमा ४२ हजार लाइक र ३५ हजार ४०० सेयर बनाउन सफल भइन् । तामाङ सोसाइटी जापान नागोयाको अध्यक्ष संजय मेंदोलाको सभाध्यक्षमा कार्यक्रम सम्पन्न गरेका थिए ।

प्रतिक्रिया