कागेश्वरमा किरियापुत्री भवन

काठमाडौं । जलकाली सेवा समाजले काठमाडौंको कागेश्वर मनोहरामा किरियापुत्री भवन निर्माण गरेको छ । शहरीकरणले गर्दा मासिन लागेको हाम्रो संस्कार, संस्कृति जोगाउने कार्यमा लागेको समाजले ६ कोठे किरियापुत्रि भवन निर्माण गरेको हो ।

भवन एक कार्यक्रमका विच कागेश्वर मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरे । क्रियापुत्रि बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले भवन निर्माण गरिएको समाजका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । क्रियापुत्रिका लागि छुट्टै भवन नहुँदा परेको अप्ठेरो र संस्कार समेत मासिदै जाने हो कि भन्ने चिन्ता छाईरहेकाले यसलाई जोगाउनका लागि भवन निर्माण गरिएको बताए ।

उनले भने, ‘शहरमा घर भाडामा दिइन्छ, परिवारमा कसैको मृत्यु भयो भने घरमा बसेको व्यक्तिलाई निस्किहाल्नु भन्न मिल्दैन यदि भनेपनि सबै घर खाली गर्न सकिँदैन त्यसैले काजकिरिया गर्न बस्नेलाई असहज रहेको थियो त्यसको अन्त्यका लागि आफुहरूले भवन बनाएका हौं ।’

अध्यक्ष पौडेलले सो भवनमा भजन, किर्तन लगायतका धार्मिक कार्य गर्न सक्ने गरी निर्माण गरिएको जानकारी दिए । भवन निर्माणका समाजमा आवद्ध परिवारले कम्तिमा १० हजार र कतिपय परिवारले ३०–४० हजार दिएको र अन्य रकम जिल्ला समन्वय समिति तथा नगरपालिकाले दिएको बताए । भवन निर्माणका लागि करिव ३२ लाख खर्च भएको समाजका उपाध्यक्ष मधु घोरसाईनीले जानकारि दिए । कार्यक्रममा कागेश्वरी मनोहरा उपमेयर, ५ नम्बर वडाका अध्यक्ष राजाराम पुडासैनी उपस्थित रहेका थिए ।

प्रतिक्रिया