सालैजोमा पनि गणेशको कलम (भिडियो सहित)

काठमाडौं । विगत लामो समय देखि लोक गीत संगीतको क्षेत्रमा संघर्षरत गीतकार गणेश चौलागाँई को शब्द तथा चर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङ र गायक सिलवालको आवाजमा सालैजो लोकगीत सार्वजनिक भएको छ । चर्चित गीतकार गणेश चौलागाई को शब्द, युरोप मै रहेका संगीतकार दुर्गा थापाको लय तथा संगीत संयोजन रहेको सालैजो गायक सुर्य खड्काको युट्युव बाट दर्शक सामु आएको छ।

गीतको म्युजिक भिडियोमा चर्चित नायिका सबिना कार्की र चर्चित मोडल निर्मल छेत्री को अभिनय रहेको छ भने मधुर बस्नेतको छायांकन र बिनोद बमको निर्देशन रहेको छ। गीतको म्युजिक भिडियोमा ७बर्षकी सानी नानीको दमदार नृत्य पनि रहेकोले भिडियो अझै आकर्षक बनेको गायक सिलवालले बताए । गीतले सधैंझैं दर्शक र श्रोताहरुको माया र साथ पाउने गायकको बिश्वास छ ।

प्रतिक्रिया