अदालतका नायब सुब्बा ५ लाख घुसहित पक्राउ

काठमाडौं । घुस लएिको अभियोगमा काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका छन् ।

उनलाई अख्तियारको टोलीले रु ५ लाख घुससहित बबरहमहलस्थित नव परिसरबाट पक्राउ गरेको छ । नायब सुब्बा चालिसेले सवारी ज्यान मुद्दा सहज गराइदिने भन्दै ५ लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया