सन नेपाल लाइफ र मेगा बैंकबीच बंैकास्योरेन्स सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बंैकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र मेगा बैंक नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीले हस्ताक्षर गरिन ।

यस सम्झौता अन्र्तगत मेगा बैंकका सम्पूर्ण ग्राहकहरूले बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स बाट प्राप्त गर्न सक्नेछन । त्यस्तै, उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बिमालेखहरू मेगा बैंकका सम्पूर्ण शाखाहरूमार्फत उपलब्ध हुनेछ ।

प्रतिक्रिया