नेरिक र ज्ञाननिकेतन सेमिफाइनलमा

काठमाडौं । नेरिक स्कुल छैटौं एआइए कप अन्तर स्कुल बास्केटबल प्रतियोगिताको जुनियर ब्वाईजमा नेरिक सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबारको खेलमा नेरिकले आयोजक एआइएलाई २१–१४को स्कोरमा हराउँदा सहिल केसीले सर्वाधिक ८ स्कोर गरे । जुनियर ब्वाईजको अर्को खेलमा ज्ञाननिकेतनले इनोभेटिभलाई २२–१० पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

गल्र्सकै अन्य खेलमा बालमन्दिर र इनोभेटिमले जित निकालेका छन् । बालमन्दिरले काठमाण्डौं जभियरलाई १५–१२ को स्कोरमा हराउँदा लक्ष्मी महराले सर्वाधिक ७ स्कोर गरिन् । पे्रग्या महर्जनको सर्वाधिक ७ अंकको सहयोगमा इनोभेटिभले एआइएलाई २६–१४ को स्कोरा हरायो । सिनियर ब्वाइजको खेलमा पनि नेरिकले जित निकालेको छ । नेरिकले हिमालयनलाई ४५–२४ को स्कोरमा हरायो । नेरिकका समित खत्रीले सर्वाधिक २८ स्कोर गरे ।

प्रतिक्रिया