रिमाचोङद्वारा विद्यालयलाई सहयोग

भोजपुर । रिमाचोङ एजुुकेसन एन्ड स्पोर्ट एकडेमीले भोजपुर नगरपालिका–६ पालुवामा अवस्थित पञ्चकन्या प्राथमिक विद्यालयका विद्यार्थीलाई पुनः सहयोग गरेको छ ।

यस अघि विद्यालयको भौतिक पूर्वाधार भित्रको महत्वपूर्ण मानिने फर्निचर निर्माणमा सहयोग गरिसकेको एकेडेमीले यसपटक विधालयलाई दिवा खाजाका लागि नगदसँगै शैक्षिक तथा खेलकुदका सामग्री हस्तान्तरण गरेको हो ।

भोजपुर रनको सय हप्ता पुगेको अवसर पारेर विद्यार्थीहरूलाई पठनपाठनमा सहज होस् भन्ने लक्ष्यका साथ सहयोग गरेको एकेडेमीका अध्यक्ष पावीहाङ राइले बताए । अध्यक्ष राईका अनुसार विद्यार्थीको उज्ज्वल भविष्यका लागि नगद १२ हजारसँगै विद्यालयका ७० विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रि वितरण गरिएको हो ।

प्रतिक्रिया