प्रभु बैंकको सिइओमा पुनः शेरचन

काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बैंकको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओ पदमा शेरचनलाई पुनः नियुक्त गरेको हो । सीईओ शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो दोश्रो कार्यकाल सम्हाल्नेछन् । उनले आगामी ४ वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने बैंकका कम्पनी सचिव अमित भण्डारीले बताए ।

प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका शेरचनको पहिलो कार्यकालमा बैंकका सबै परिसूचक राम्रो भएको छ । उनी प्रभु बैंकको सीईओ भन्दा बैंकको खराव कर्जा अधिक थियो । उनको कार्यकालमा खराव कर्जाको असुलीमा उल्लेख्य प्रगति भएको छ । बैंकको निक्षेप, कर्जा लगायत व्यवसाय विस्तार राम्रो छ । बैंकले नाफा पनि राम्रो गरिरहेको छ ।

प्रतिक्रिया