कुुमोद अधिकारी , विराटनगर । कटहरी गाउँपालिकाकी सर्जुु ऋषिदेवलाई आफ्ना छोराछोरीले सहज रूपले अंग्रेजी पढाउन सक्छुु भन्ने कल्पनासमेत थिएन । दिनभरी मिहिनेत मजदुुरी गरेर बिहान बेलुुका छाक टार्ने अवस्थामा छोराछोरीलाई अंग्रेजी पढ्न बोर्डिङमा भर्ना गर्ने क्षमता उनीमा थिएन । आफुले पढ्न नसके पनि छोराछोरीले अंग्रेजीमा सिकुुन् भन्ने रहर र चाहना उनको थियो ।
उनको यो चाहनालाई कटहरी गाउँपालिकाले पूरा गरिदिएको छ । मोरङ गाउँपालिकाले सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यममा कक्षा सञ्चालन गरेपछि सर्जुुका छोराछोरीजस्तै गाउँपालिकामा रहेका गरिब तथा अति विपन्न वर्गका परिवारले बोर्डिङमा जस्तै सरकारी विद्यालयमा अंग्रेजी बोल्न, पढ्न र सिक्न सक्ने भएका छन् । मजदुुरका छोराछोरीदेखि मध्यमवर्गका परिवारले अग्रेजी माध्यममा पढ्नका लागि विद्यालयमा छोराछोरी भर्ना गराउने क्रमसमेत बढ्न थालेको छ ।
सो गाउँपालिकाले गरिब, अतिविपन्न र पछाडि परेका समुुदायलाई निजी विद्यालयसरह अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न आप्mनै स्रोतमा दरबन्दीअनुुसार शिक्षकहरूको व्यवस्था मिलाएको छ । आदिवासी, जनजाती तथा मधेसी समुुदायको बाहुुल्यता रहेको सो गाउँपालिकामा अंग्रेजी माध्यमका कक्षा सञ्चालन गरेपछि एकतिर बालबालिकाहरूले सहजै रूपमा अंग्रेजी सिक्न थालेका छन् भने अर्कोतिर नियमित रूपमा विद्यार्थीहरू विद्यालय आउन थालेका छन् । अंग्रजी माध्यममा कक्षा सञ्चालन गरेपछि सामुुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको छ । प्रावी स्तरका कक्षाहरूमा प्रोजेक्टर तथा कम्प्युुटरको माध्यमबाट अंग्रेजी पढाइ हुुन थालेपछि शिक्षाको गुुणस्तरमा समेत सु्ुधार आउन थालेको छ ।
अंग्रेजी माध्यममा कक्षा सञ्चालन हुुन थालेपछि सरकारी विद्यालयमा भर्ना हुुने क्रम बढेको छ । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुुमार कामतले गरिबका छोराछोरीलाई अंग्रेजी पढाइमा पहुँुच पुु¥याउन अंग्रेजी माध्यमका कक्षा सञ्चालन गरेको बताए । गरिब विपन्नवर्गका छोराछोरी पनि डाक्टर इन्जिनियर बन्न मद्दत पुुगोस् भनी अंग्रेजी कक्षा सञ्चालन गरेको उनको भनाइ थियो । शिक्षाको उज्यालो गरिबको घरदैलोसम्म सहजरूपले पुु¥याउन गाउँपालिकाले यसवर्ष शिक्षामा बजेट थप गरेको बताए ।
कटहरी गाउँपालिकाले गत शैक्षिक सत्रमा सिक्षा सुुधार कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँ विनियोजित गरेको थियो । अंग्रेजी मिडियमको कक्षा प्रभावकारी भएपछि चालुुु आर्थिक वर्षमा त्यसमा थप गरी एक करोड रुपैयाँ विनियोजित गरेको सो गाउँपालिकाले जनाएको छ ।
गत शैक्षिक सत्रदेखी सो गाउँपालिकाको १९ वटै विद्यालयमा अंग्रेजी मिडियमबाट कक्षा सञ्चालन भइरहेका छन् । विद्यालयहरूले बालबालिकालाई सहज हुुनेगरी विभिन्न विधि अपनाएर कक्षा सञ्चालन गरिरहेका छन् । प्रजातन्त्र मावि कटहरीकी शिक्षिका विमला ढुुंगेल अंग्रेजी माध्यममा पढाइ हुुन थालेपछि गरिबका छोराछोरीसमेत नियमित रूपमा विद्यालय आउन थालेको बताइन् । उनका अनुुसार अंग्रेजी माध्यममा कक्षा सञ्चालन भएपछि छोराछोरीलाई विद्यालय पुु¥याएर अभिभावकहरू काममा जाने गर्दछन् ।
अंग्रेजी माध्यममा पढाइ हुुन थालेपछि अभिभावकहरूले नियमित रूपमा आफना छोराछोरीलाई विद्यालय पठाउन थालेको सो विद्यालयका प्रधानाध्यापक ओम विष्टको भनाइ छ । भर्ना भएका विद्यार्थीहरूलाई कापी, कलमलगायत विभिन्न शैक्षिक सामग्री निःशुल्क वितरण गरिँदै आएको छ ।
प्रतिक्रिया