दुई वर्षमा ट्रम्पमा ८ हजार झूठ

वासिंगटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि दुई वर्षको अवधिमा ८ हजार १ सय ५८ वटा गलत दाबी वा भ्रामक कुरा गरेको वासिंगटन पोष्टले जनाएको छ ।

द फ्याक्ट चेकर्स डेटावेसको विश्लेषणका क्रममा राष्ट्रपतिको अभिव्यक्तिबाट त्यस्तो कुरा देखिएको जनाइएको छ । राष्ट्रपतिको दोस्रो वर्षको कार्यकालमा नै ६ हजार भन्दा बढी यस्ता दाबी देखिएको समाचारमा जनाइएको छ ।

राष्ट्रपतिले पहिलो वर्ष ५ दशमलब ९ प्रतिशत दैनिक गलत दाबी वा भ्रामक कुरा गरेको तर दोस्रो वर्षमा यो बढेर १६ दशमलब ५ प्रतिशत पुगेको समाचारमा जनाइएको छ ।

पहिलाको तुलनामा यसको मात्रा झण्डै तीन गुणा भएको वासिंगटन पोष्टले जनाएको छ । राष्ट्रपतिको पहिलो १ सय दिनलाई अध्ययन गर्ने क्रममा यो परियोजना शुरु भएको जनाउँदै समाचारमा पाठकहरूले ट्रम्पको कार्यकालभरीको विवरण राख्न आग्रह गरेको जनाइएको छ ।

वाशिङटनपोष्टको ग्राफिक विभागका लेस्ली शापिरोको मद्धतबाट आफूहरूले यो इन्टरएक्टिभ ग्राफिकको प्रबन्ध गरेको जनाउँदै यसले ट्रम्पले गरेका हरेक भ्रामक कुराको रेकर्ड राख्ने जनाइएको छ ।

जोसुकैले पनि यसको मासिक वा दैनिक विवरण प्राप्त गर्न सक्ने बताइएको छ । पहिलो १ सय दिनमा राष्ट्रपतिले आधार नभएका ४९२ वटा कुरा गरेको समाचारमा जनाइएको छ ।

उनले त्यतिबेलाको संख्यालाई सन् २०१९को तीन साताको अवधीमा नै जितिसकेको रेकर्डमा उल्लेख छ । गएको अक्टोबरमा मध्यावधी निर्वाचनको बेलामा मात्रै राष्ट्रपतिले १२०० गलत दाबी गरेको समाचारमा जनाइएको छ । उनको सबैभन्दा बढी गलत दाबी अध्ययगमनसम्बन्धी विषयमा रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया