टुहुरा ६ जना बालिकालाई जग्गा सहयोग

काठमाडौँ । बागलुङ जिल्ला बर्याङ गाउँपालिका वडा नं ३ बाटाकाचौरका बुवा आमा दुवै नभएका ६ जना टुहुरा बालिकाहरुलाई एक रोपनी पाँच आना जग्गा सहयोग गरिएको छ ।

बालिकाहरुका बुवा यमबहादुर रुचालको मृत्यु भइ आमा देवी रुचाल पनि अर्कैसँग बिवाह गरेर गएपछि ती बालिकाहरुको बिचल्ली भएको समजसेवी तथा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका कोषाध्यक्ष गणेश जिसिले बताए । उनिहरुलाई हजुरआमा भिमकुमारी रुचालले पालनपोषण गर्दै आएकी छन् ।

आर्थीक अवस्था अत्यन्तै कमजोर र खेती गरेर खानसमेत दुई मुठ्ठी मकैको बिउ पनि नजाने जमिन भएकाले बालिकाहरुलाई बिहान बेलुका छाक टार्नसमेत धेरै समस्या परेको जिसिले बताए । बिगत केही बर्ष अगाडि छिमेकमा झगडा मिलाउँन गएका यमबहादुर रुचाललाई उल्टै छिमेकीले नै उनको हत्या गरेका थिए ।

श्रीमानको मृत्यु पश्चताप देवी रुचाल साना दुई छोरी लिएर घरपरिवारबाट सम्पर्कबिहिन भएपछि यताबाट फोन गरी घर आउन आग्रह गर्दा सासुलाई तपाइँको नातिनीहरु हेर्नु मलाई चाहिँदैन भनेर जवाफ फर्काएको भिमकुमारी रुचालले बताईन् । यमबहादुर रुचालको हत्यारा भने दुई बर्ष जेल सजाय भोगेर अहिले छुटीसकेका छन् ।

ती बालीकाहरु मध्य जेठी दश बर्षकी र अरु सबै त्योभन्दा कम उमेरका छन् । सप्तरङ्गी संसार मिडियाको बिशेष पहल र उक्त मिडियाकै युट्युब च्यानलबाट सोही बालिकाहरु बिचल्ली भएको अन्तरवार्ताको भिडियो सार्वजनिक भएपछि नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केही ब्यक्तीहरु र लायन्स क्लव काठमाडौँ नयाँबजारका केही ब्यक्तीहरु लगायत देश विदेशमा रहेका नेपालीहरुद्धारा सबै ब्यक्तीगत रुपमा संकलन भएको आर्थीक रकमले १ रोपनी पाँच आना जग्गा खरिद गरी दुई महीनालाई खान पुग्ने खाद्ययान्न र जाडोमा लगाउने न्यानो कपडासमेत सहयोग हस्तान्तरण गरेको गणेश जिसिले बताए ।

बर्याङ गाउँपालिका वडा नं ३ का अध्यक्ष पुर्ण खनाल, बाल बिकास आधारभुत बिद्यालयका प्रधानध्यापक लिलानाथ शर्मा र सोही ठाउँका स्थानीय समाजसेवीहरुको सहभागितामा बागलुङ जिल्ला मालपोत कार्यलयबाट बालिकाहरुको नममा उक्त जग्गा पास गरी लालपुर्जा हस्तान्तरण गरेको बताए ।

सबै ठाउँबाट संकलन भएको आर्थीक रकम मात्रै दिँदा उक्त रकम छिटै सकिने र बालिकिाहरुका लागि भविष्यमा केही पनि नबच्ने भएकाले उनिहरुले केही सहजताका साथ अफ्नो गुजारा गर्न सकुन भन्ने उद्देश्यले थोरै भएपनि जग्गा नै खरीद गरी सहयोग गरेको समाजसेवी जिसिले जानकारी दिए ।

प्रतिक्रिया