पहिलोपटक एक सय कमाएँ, ओटो मेकानिक सरु

अहिले पनि केही मान्छेको बुझाइमा महिलाको काम घर सम्हाल्नु, मिठो पकाएर परिवारलाई खुवाउनु अनि घर भित्रको चुलो चौकोको जिम्मेवारी ठानिन्छ । तर, केही वर्ष यता आएर महिलाले घर मात्रै होइन घर, बाहिरका कामको पनि जिम्मेवारी सम्हाल्न थालेका छन् । कोही बाध्यताले घर बाहिरका काम गर्छन कोही आफैँले केही गर्नुपर्छ भनेर घर बाहिर निस्कने गरेका छन् । छिन–छिन चुराको धुनमा मिठो खाना पकाउन सिमित छैनन आजका महिलाका पाखुरा । काठमाडौंको रातोपुलमा रहेको आषिश मोटरसाइकल वर्कशपमा त्यही दह्रा पाखुरा भएकी सरस्वती सुवाल पुरुष सहज मोटरसाइकल मर्मत गरिरहेको अवस्था भेटिन्छिन् आखिर किन रोजिन उनले रेन्ची ?

सामान्यतय माहिलाको सीप सिलाइ, बुनाइ, पोते माला बनाउनु, वा हस्त कलाको अन्य कामलाई बुझाउन गर्छ । त्यति भएन भने महिलाले अम्दानीका लागि गरिने काम भनेको सानो होटल तरकारी पसल वा यस्तै कम जोखिम युक्त काम हुने गर्छ । हातमा शैक्षिक योग्यताको ठूलै प्रमाणपत्र भएर पनि गरि खान मुस्किल छ । तर, यो काठमाडौं सहरमा त्यो भन्दा फरक काम गरेर सानको जीवन बाच्ने महिलाहरू पनि भेटिन्छन् । सुन्दा नौलो लाग्छ, तर उनलाई भने सामान्य । राजधानीको रातोपुलमा रहेको आषिश मोटरसाइकल वर्कशपमा भेटिने सरस्वती सुवाल (सरु) पुरुषसरह मोटरसाइकल मर्मत गरिरहेको अवस्थामा भेटिन्छिन् ।

‘मलाई पहिलादेखि नै महिलाहरू घाम तापेर बदाम खाँदै अरूको कुरा गरेर दिन बिताएको पटक्कै मन पर्दैन थियो, त्यसैले त्यस्ता महिलासँग कहिल्यै संगत गरिन । उनीहरूले समय खेर फालेको ठान्थेँ म । काम गरेर खानुपर्छ त्यो पनि सबैले गरेको भन्दा फर होस भन्ने लाग्थ्यो ।’ हातमा रहेको रेन्ची पर सार्दै सरुले भनिन् । उनी आफ्नो वर्कसपमा आएका सबै कम्पनीको मोटरसाइकल मर्मत गर्छिन् । उनको वर्कशपमा आउने पुराना ग्राहकले हिजो आज उनको श्रीमानलाई भन्दा उनैलाई खोज्ने गरेको उनले सुनाइन् । मान्छेले रोज्ने भनेको काम नै त हो ।

उनको वर्कशपमा आउने पहिलो ग्राहक अझ महिला पर्यो भने उनले मोटर साइकल मर्मत गर्छिन् भनेर पत्याउँदैनन् । ‘खोइ मोटरसाइकल बनाउने मान्छे छैन’ भन्ने प्रश्न गर्ने गरेको उनले सुनाइन् । जब उनी आर्फैले के समस्या छ भनेर काम सुरु गर्छिन् र उनको क्षमता देखेर दंग पर्दै जान्छन्

आफूले यस पेसा सिकेको प्रसंग उनले यसरी सुरु गरिन, ‘म केही जान्दैन थिए, श्रीमान काम गर्दै गर्दा कहिले यो सामान लेउ कहिले त्यो सामान लेउ भनेर अह्राउनु हुन्थ्यो, उहाँले गरेको काम हेर्थे, मनमा लाग्थ्यो मैले पनि केही काम गर्न सके त उहाँलाई सहयोग पुग्थ्यो होला ! सोच्दा सोच्दै र उहाँसँगै बस्दा बस्दै मैले काम सिके ।’ उनले भनिन् । ‘मैले पहिलोपटक एउटा मोटर साइकल धोएर काम सुरु गरें, मोटरसाइकाल धुनलाग्दा म निथ्रुक्कै भिजेको थिएँ, जानेको भए पो मोटरसाइकल तिर हालेको पानी सबै आफ्नो जीउतिर आयो । तर, आज मोटरसाइकल नै धुनुपर्दा खुट्टा पनि भिज्दैन ।’ उनले सुनाइन् । पहिलो मोटर साइकल धोएबापत एक सय रुपैयाँ पाएको उनले बताइन् ।

रातोपुलमा रहेको उनको मोटरसाइकल वर्कशपमा श्रीमान छोरासहित अन्य सहयोगी पनि छन् । सहयोगीलाई उनी आफ्नै परिवारको सदस्य मान्दछिन् । उनीहरूसँगै उनी पनि काम गरिरहेको भेटिन्छिन् । हिजोआज श्रीमानले उनैको भरमा वर्कशप छोड्ने गरेका छन् । उनको श्रीमान कलाकार पनि भएकाले महिनौं बाहिर हुन्छन् । उनले श्रीमान नभएका वेला पनि कुशलता पूर्वक वर्कशप चलाएकी छन् । ‘तालिमका लागि सबै मोटर साइकल कम्पनीले बनाउँछन्, भ्याएको ठाउँमा जान्छु भ्याउनै गाह्रो हुन्छ, केही समय अभि बुलेट मोटरसाइकलको दुई दिने तालिममा गएँ ।’ उनले भनिन्, ‘तालिममा ५२ जना सहभागी थिए, महिला भने म एक्लै सुरुमा अलि अप्ठ्यारो लागेको थियो, पछि सामान्य लाग्यो ।’ उनलाई उक्त तालिमले पनि कामका थप सहयोग पुर्याएको उनले बताइन् ।

‘यो काम सुरु गर्न अघि मलाइ मोटरसाइकल कुन–कुन कम्पनीका हुन्छन् । के–के नाम हुन्छ भन्ने थाहा थिए, विस्तारै बनाउन सिके, चलाउन सिके अहिले सबै कम्पनीका मोटरसाइकल मर्मत गर्नसक्छु र चलाउन पनि सिके ।’ काम गर्दा एक दिनको अनुभव सुनाउँदै उनले भनिन्, ‘श्रीमान र छोराहरू (सहयोगीलाई उनी छोरा भन्छिन्) एउटा बुलेट मोटरसाइकल बनाउँदै थिए, कता के मिलेनछ, दुवै जना पसिना काड्न थाले । जति गरे पनि मोटरसाइकलको वासड मिल्दैन, धेरै बेर भए पछि म गएर हेरेँ, वासड ठिक ठाउँमा थिएन, आफैँले बनाइदिए उनीहरू खुसी भए ।’ त्यसपछि उनको काममा श्रीमानको विश्वास बढ्नुको साथै उनको हौसला पनि थपिएको उनले सुनाइन् ।

आठ वर्ष भयो उनले पूरै वर्कशप सम्हालेको । श्रीमान पनि दंग छन् श्रीमतीले काम सम्हालेकोमा । उनलाई अहिले कहिँ जाँदा पनि कुनै चिन्ता छैन । कहिले काहिँ आए श्रीमतीलाई सहयोग गर्छन् । काम गरेर खाने सोच भएकी सुरु महिला अधिकार तथा विकास केन्द्रले सञ्चालन गरेको महिला लद्यु उद्यममा पनि सहभागी छन् । त्यहाँबाट पनि आफूले धेरै कुरा सिकेको उनले बनाइन् । ‘कसरी कमाउने, कमाएको पैसालाई उत्पादनमा लगाउने र बचत गर्ने कुरा मैले महिला अधिकारबाट सिके । उहाँहरूले सामाजिक नेतृत्वमा महिलाको भूमिका जस्ता कुरा पनि वेला वेला सिकाउनु हुन्छ ।’ उनले भनिन् ।

‘पहिला काम जान्थेँ, तर श्रीमानलाई सहयोग गर्थे, आर्थिक कारोबार उहाँले नै हेर्नुहुन्थ्यो । व्यापारको राम्रो ज्ञान थिएन । कसरी उत्पादनमा लगाउने जानेको थिइन् । तर जब महिला अधिकार तथा विकास केन्द्रको समूहमा बसेर लद्यु उद्यमको बारेमा बुझे त्यसपछि आँट बड्यो । पैसालाई कसरी प्रयोग गर्ने जाने ।’ उनले भनिन । उनलाई महिला अधिकारले वेला वेला तालिम दिने र उत्पादन बढाउने बारेमा सिकाउने गरेको उनको भनाइ छ । ‘साँच्चै भन्दा म महिला अधिकारको समूहका न बसेको भए काम त गर्थे होला तर, यति धेरै जान्दैन थिए होला भन्ने लाग्छ । मेरो काम गर्ने चाहनामा उक्त संस्थाको ठूलो साथ र सहयोग छ ।’

लद्युवित्तमा उनले सुरु गर्दा मासिक बचत १ सय रुपैयाँ थियो, आज त्यो बढाएर मासिक १ हजारदेखि १५ सयसम्म बचत गर्ने गरेको छिन् । समूहमा बसेर सामूहिक भावनाको विकास भएको, नयाँ कुरा सिक्ने अबसर पाउनको साथै सस्तो व्याजमा बिना धितो ऋण पाएकोमा दंग छिन् सरु

श्रीमानको कामा मात्रै उनले सहयोग पु¥याइनन् । आफू आबद्व भएको उक्त लद्यु वित्तबाट बिना धितो ऋण लिएर वर्कशपमा लगानी पनि गरिन । ‘पैसाको कारोबार आफैँ नगरेकोले होला ऋण लिन डर लाग्थ्यो, सुरुमा २० हजार ऋण लिएँ । त्यो वेला संस्थाले दिन पनि डराए जस्तो लागेको थियो, मलाई पनि कसरी तिर्ने भन्ने चिन्ता लागेको थियो, पछि काम गर्दै गए आम्दानी आफ्नै हातले चलाउन थालँे अहिले २ लाखसम्म ऋण त्यहीँबाट लिन्छु उहाँहरूलाई दिन पनि गाह्रो छैन मलाई लिन पनि ।’ उनले भनिन, जिम्मेवारी आफ्नै टाउकोमा आएपछि अहिले त्यो दुई लाख पनि मलाई थोरै लाग्न थालेको छ ।’

लद्युवित्तमा उनले सुरु गर्दा मासिक बचत १ सय रुपैयाँ थियो, आज त्यो बढाएर मासिक १ हजारदेखि १५ सयसम्म बचत गर्ने गरेको छिन् । समूहमा बसेर सामूहिक भावनाको विकास भएको, नयाँ कुरा सिक्ने अबसर पाउनको साथै सस्तो व्याजमा बिना धितो ऋण पाएकोमा दंग छिन् सरु । आफ्नो लागि महिला अधिकारले ठूलो सहयोग गरेको ठान्छिन् उनी । ‘मैले कामलाई निखारें, पैसाको सदुपयोग गर्ने र उत्पादन बढाउन जाने, मैले गरेको काम पनि उत्पादन नै हो । अर्को कुरा मैले सामाजिक रूपमा पनि धेरै कुरा बुझ्ने अवसर पाएँ ।’ उनले भनिन् ।

उनको वर्कशपमा आउने पहिलो ग्राहक अझ महिला पर्यो भने उनले मोटर साइकल मर्मत गर्छिन् भनेर पत्याउँदैनन् । ‘खोइ मोटरसाइकल बनाउने मान्छे छैन’ भन्ने प्रश्न गर्ने गरेको उनले सुनाइन् । जब उनी आर्फैले के समस्या छ भनेर काम सुरु गर्छिन् र उनको क्षमता देखेर दंग पर्दै जान्छन् । मुख्य सडक छेउमा रहेको उनको वर्कशपमा उनले काम गरेको देख्दा कयौँले अनौठो मानेर गाडीको झ्यालबाट टाउको निकालेर हेर्ने गरेको समेत उनले सुनाइन् ।

‘एक दिन म एक्लै थिएँ, एक जना मान्छे मोटर साइकलको चेन लामो भयो भन्दै आए, सुरुमा लाग्यो यो मोटर साइकलको चेन पनि कसरी लामो होला ! यो फलामको हुन्छ, भन्दै जे त होला भनेर बनाउन थालेको भयो, त्यो दिन सम्झदा आज पनि एकदमै खुसी लाग्छ, साँच्चै त्यो दिन मेरो भूइँमा खुट्टा थिएन, ।’ आज सुनाउँदा पनि उनको अनुहार खुसीले चम्कीएको थियो । आजै सफल भएजस्तै गरी त्यो दिन कति खुसी भइन् होला सहजै अनुमान लगाउन सकिन्छ ।

उनको वर्कशप श्रीमान र उनको नाममा रहेको उनले बताइन् । ‘अब त परि आए एक्लै वर्कशप चलाउन सक्छु, काम गरेर खान पाएकोमा गर्व लाग्छ, आफैले कमाएर खादाँ कसैबाट हेपिनु पर्दैन । न कसैसँगै दुइ चार पैसाको लागि हात थाप्नुपर्छ ।’ उनले भनिन । उनको कामले श्रीमान पनि दंग छन् । काममा भरोसा भएको छ । अरूलाई छोड्दा के हो कसो हो भन्ने डर पनि भएन । उनी पनि आफन्तबाट पाएको सकारात्मक सुझावले खुसी छन् । ‘मेरा सबै आफन्तले राम्रो काम गरिस, गरि खान लाज मान्नु हुँदैन, भन्छन्, आफूलाई पनि काम गर्दा हुने धुलो मैलो र कालोको कुनै चिन्ता छैन । कहिले काहिँ अनुहार पुरै कालो भएको हुन्छ । कपडाभरि मैला हुन्छ । तर, मलाई त्यसको कुनै वास्तै लाग्दैन ।’ उनले भनिन् ।

काम गर्ने चाहना भएका र गर्नेका लागि बाच्न गाह्रो छैन भन्ने एउटा उदाहरण पनि हुन सरु । अर्को कुरा महिलाले सामान्य काम गर्नुपर्छ गाह्रो सारो काम सबै पुरुषले गर्छन् भन्ने सोच भएकाहरूलाई यो गतिलो जवाफ पनि हो । गरिखानु पर्छ भन्ने उनको सानै देखिको चाहनाले आज सफलता दिलाएको छ । त्यसमा परिवारबाट पाएको साथ सहयोग । आफ्नो मिहेनत सबैभन्दा महत्वपूर्ण रहेको उनी ठान्छिन् ।

प्रतिक्रिया