मुख्य सडमै बल्दैनन् सोलार बत्ती

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जको बाटोमा जडान गरिएका अधिकांश सोलार बत्तीहरू नबल्दा राती हिँडने बटुवाहरू समस्यामा पर्ने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी सूचना अभियान्ता विश्वजित तिवारी, जानकी गाउँपालिका–६ निवासी नारायणपाल र नरैनापुुर गाउँपालिका–३ निवासी चन्द्र गिरीले सामाजिक सरोकारका विषयमा मंगलबार नेपालगञ्ज उपमहानगरपालिकासँग सूचना माग गरेका छन् ।

उनीहरूले नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज क्षेत्रभित्र कति सोलार बत्ती जडान गरिएको छ ? आजभोलि किन सोलार बत्ती बल्दैनन् ? सोलार बत्ती कहिलेसम्म मर्मत भई बल्ने हो भनी सूचना माग गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ का स्थानीयवासी सुुनीलकुुमार बानियाले आफ्नाे क्षेत्रमा पनि जडान गरिएका सोलार बत्ती नबल्दा राती हिँड्न गाह्रो भएको बताए । त्यसैगरी नेपालगञ्जका स्थानीयवासी सुुनील चौधरी र शैलेन्द्र वैश्यले सडकमा जडान गरिएका सोलार बत्तीहरू समयमा नै मर्मत नहुुँदा राती हिँड्नलाई समस्या परेको बताए ।

नेपालगञ्जको बिपी चोकमा लाखौँ रुपैयाँ लगानी गरेर बत्ती जडान गरे पनि अन्य क्षेत्रमा भने बत्ती जडान नहुुँदा राती हिँड्ने बटुुवा र कलेज जाने विद्यार्धीलाई आवतजावतका लागि समस्या भएको सूचना अभियान्ता विश्वजित तिवारी बताउँछन् ।

प्रतिक्रिया