जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण

पाँचथर । हिलिहाङ गाउँपालिकाका–३ साम्रेमा ६० वर्ष माथिका ६३ जना जेष्ठ नागरिकहरूको घरघरमा गई स्वास्थ्य परीक्षण सम्पन्न गरिएको छ । सोमबार र मंगलबार गरी दुई दिन उक्त पालिकामा स्वास्थ्य परीक्षण गरिएको हो ।

स्वाथ्य परीक्षण वडाको सहयोगमा घरदैलो अभियान कार्यक्रमअन्तर्गत गरिएको वडाध्यक्ष मदन गौतमले जानकारी दिए । स्वास्थ्य परीक्षणका क्रममा अधिकांश जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गर्ने क्रममा मधुमेह र उच्च रक्तचापको समस्या देखिएको वडाध्यक्ष गौतमले बताए । प्राथमिक स्वास्य केन्द्र गोपेटारका डाक्टर किरण पाण्डेलगायत स्वास्थ्यकर्मीले जेष्ठ नागरिकहरूलाई सेवा प्रदान गरेका थिए ।

हिलिहाङ गाउँपालिकाले जेष्ठ नागरिकहरूको सम्मान तथा उनीहरूको स्वस्थ्य लगायतका विषयमा ध्यान केन्द्रित गरेको र वार्षिक कार्य योजना अनुरूप सो कार्यक्रम वडाले आयोजना गरिएको गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले भने । कार्यक्रममा वडा–३ साम्म्रेका ५० घर परिवारलाई ३ हजार ३ सय मिटर खानेपानीको पाइप र ३० बोरा सिमेन्टसमेत वितरण गरिएको वडाध्यक्ष गौतमले जानकारी दिएका छन् ।

कार्यक्रममा हिलिहाङ गाउँपालिका उपाध्यक्ष सुमित्रा सेढाई, हिलिहाङ गाउँपालिकाका लेखाप्रमुख सुवास भट्टराई लगायतको उपस्थिति रहेको पालिका प्रेस सल्लाकार तुसी थापाले जनाए ।

प्रतिक्रिया