कलाकार मुनालको निधन

काठमाडौं । अभिनेता गणेश न्यौपाने ‘मुनाल’ को सोमबार निधन भएको छ । ६८ वर्षीय मुनाल दमका रोगी थिए । उनको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिए ।

मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्य’लगायतका टेलिश्रृङ्खलामा अभिनय गरेका थिए । मुनालको सोमबारै अन्तिम संस्कार गरिएको छ । उनको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि राखिएको शर्माले जानकारी दिए । मुनाल काठमाडौंको महाङ्कालका स्थायी बासिन्दा थिए ।

प्रतिक्रिया