कलाकार बिकेलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । युवा कलाकार नरबहादुर बिके भारतको उडिसास्थित भुवनेश्वरमा भएको कला महोत्सवमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । चार दिनसम्म धउली कलेज अफ आर्ट एण्ड क्राफ्टको आयोजनामा जनवरी १२ देखि १५ सम्म भएको ‘दोस्रो धउली अन्तर्राष्ट्रिय कला महोत्सवमा बिकेलाई ‘वल्र्ड आर्टिस्ट अवार्ड’ मिलेको हो ।

४ देशका ३५ कलाकार सहभागी उक्त महोत्सवमा नेपालबाट बिकेसहित भीम शर्मा र प्रकाश थापा सहभागी भएका थिए । नेपाली कला र कलाकारका लागि अवार्ड निकै महत्वपूर्ण रहेको प्रतिक्रिया कलाकार बिकेले दिए । उनले भने, ‘मैले नेपाल चिनाउने कलाकृति बनाएको थिएँ । सोही चित्रले अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो ।’ धउली कलेजका विद्यार्थीलाई कलाको अन्तर्राष्ट्रिय आयाम बुझाउने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया