जेड र वेदाङ अन्तिम १६ मा

काठमाडौं । जेड आलेमगर र वेदाङ गौतम १६औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत यु–१२ ब्वाइज सिंगल्समा सोमबार प्रि– क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा जेडले अबिर श्रीवास्तावलाई ६–० र ६–१ तथा वेदाङले वरुण सर्वांगीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरेका थिए । सोही स्पर्धामा बोरिस अधिकारीले देवाशिष रेउलेलाई ६–० र ६–० तथा शाश्वत वज्राचार्यले आर्यम्यान जोशीलाई ६–४ र ६–० को सीधा सेटमा हराउँदै प्रि– क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

मनजयर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा ईशाश्री शाहले समृद्धि सेढाईंलाई ६–० र ६–०, रायना शाहले आइशा डोल्कर गुरुङलाई ६–३, ३–६ र ६–३, निमिशा ढकालले सराह तिमिल्सनालाई ६–२ र ६–० तथा सुभाङ्गीलक्ष्मी शाहले अजा रेग्मीलाई ६–१ र ६–४ को सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरे ।

यु–१२ गल्र्स सिंगल्समा उत्शा लामाले शैवी ढकाललाई ६–४ र ६–० ले पाखा लगाउँदै क्वार्टरफाइनलमा पुगिन् । यु–९ ब्वाइज सिंगल्समा स्पर्श तिमिल्सिनाले असभ हाडालाई १–४, ५–४(३) र ४–२, सम्खाहाङ राईले अमत्र्य शर्मालाई ५–४(३) र ४–२ तथा अद्रित नेपालले साङ्गे रोकायालाई ४–१ र ४–१ ले पन्छाउँदै सेमिफाइनलमा पुगेका छन् । हिमेश गिरीले भने याजुर ओझाबाट वाकओभर पाएर सेमिफाइनलमा स्थान बनाए ।

यु–९ गल्र्स सिंगल्समा साम्राज्ञी लामाले शिभाली गुरुङलाई ५–३ र ५–४ (४), युरन जियाङले अन्जुश्री शाहलाई ५–३ र ४–२ तथा प्राज्णा मानन्धरले कर्मिष्ठा श्रेष्ठलाई ४–२, १–४ र ४–२ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएका छन् । यु–१० ब्वाइज सिंगल्समा निशाद जोशीले दर्शिल श्रेष्ठलाई ६–२ र ६–२, बोरिस अधिकारीले नीरज मगरलाई ६–० र ६–०, अबिर श्रीवास्तावले सिर्जन भट्टराईलाई ६–० र ७–५ तथा सम्मान बस्नेतले माइकल अदियाजोहीलाई ६–० र ६–२ को सोझो सेटमा निराश पार्दै सेमिफाइनल यात्रा तय गरेका छन् ।

प्रतियोगिताको नेपाल टेनिस संघकी अध्यक्ष एवं स्व. जयकरकी माता ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा १२ स्पर्धामा ७७ खेलाडी सहभागी छन् । शनिबारसम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार राशि २ लाख ५० हजार रूपैयाँ रहेको छ ।

प्रतिक्रिया