दुई कोठामा ४३ मर्यादापालक

बुटवल । प्रदेश–५, प्रदेशसभा सचिवालयको तेस्रो तल्लाको पूर्व–उत्तरतर्फ दुई वटा कोठा छन् । बाहिर लेखिएको छ– पुरुष डे«सिङ रुम, महिला डे«सिङ । रुमभित्र कार्पेट बिच्छाइएको छ । कपडा यत्रतत्र झुन्डिएका छन् ।

सुत्ने ओछ्यान पट्याएर कुनामा राखिएको छ । जुत्ताहरू मिलाएर राखिएको छ । संसद्मा बैठक सुरु हुनुअघि र सकिनासाथ मर्यादापालक जाने कोठा त्यही हो । ४३ जना मर्यादापालक एकैपटक कोठामा जान सक्दैनन्, साँघुरो छ, तीन÷चारपटक गरेर जानुपर्छ । ‘कतिपय मर्यादापालक कोठा भाडामा लिएर बस्नुहुन्छ, सबै एकैपटक जानु परे त साँघुरो छ’, नाम नभन्ने सर्तमा एक मर्यादापालकले भने ।

प्रदेश संसद गठन भएको एक वर्ष नपुग्दै सांसदहरू सुविधाभोगी भइरहेको गुनासो आइरहेका वेला संसद्का मर्यादापालकहरू भने सेवा सुविधाबाट वञ्चित भएको गुनासो गरेका छन् । प्रदेशसभामा खटिएका मर्यादापालकको कुनै कार्यकक्ष छैन भने प्रर्याप्त ‘डे«स चेन्ज’ गर्ने कोठासमेत छैन ।

प्रदेश–५ प्रदेशसभामा खटिएका मर्यादापालकहरू भुइँमै सुत्न बाध्य छन् । मर्यादापालक भने आपूmहरूलाई संसद् सचिवालयले तल्लो तहको दर्जामा राखेको बताएका छन् । प्रदेशसभामा ४३ जना मर्यादापालकको दरबन्दी छ ।

संसद् सचिवालयले भवन अपुग भएको भन्दै मानवधर्म सेवा समाज, महिला जेसिज, पेट्रोलियम डिलर एसोसिएसनको भवनसमेत प्रयोग गरेको भए पनि मर्यादापालक भने भुइँमै सुत्न बाध्य भएका छन् । यतिसम्मकी मर्यादापालक पोसाक लगाएपछि ऐना हेर्न तल्लो तलामा झर्नुपर्ने अवस्था छ । संसद् सचिवालयमा तीन जना सचिव फेरिए पनि मर्यादापालकको गुनासो भने कसैले सम्बोधन नगरेको गुनासो मर्यादापालकको छ ।

विषयगत समितिका बैठकमा सांसदहरूले अतिरिक्त भत्ता समेत पाउने भएपनि मर्यादापालक भने चियासमेत आफ्नै खर्चमा खाने गरेका छन् । कतिपय मर्यादापालक कोठा भाडामा बस्ने भएपनि संसद सचिबालयमा आफैँ मेस सञ्चालन गरी बस्नेहरू २० भन्दा बढि रहेका छन् । महिला मर्यादापालक समेत रहेको अवस्थामा साँघुरो कोठाभित्र डे«स चेन्ज गर्नुपर्ने बाध्यता उनीहरूमा छ ।

मेस सञ्चालन खुल्ला स्थानमा छ भने मर्यादापालक प्रमुख गेटमै उभिएर बस्नुपर्ने अवस्था छ । सभामुख मार्फत मर्यादापालकलाई बस्ने व्यवस्था मिलाउन पटक पटक भनेपनि सुनुवाई भएको छैन् । यता संसद सचिवालयले भने आन्तरिक कुरा भन्दै त्यस बारेमा खुल्न चाहेका छैनन् ।

नीति र नियमभित्र मर्यादापालकको सेवा सुविधा रहेको संसद सचिबालयको दावी छ । सचिवालयका सचिव दुर्लभ कुमार पुनले आन्तरिक विषय भएको भन्दै यो बाहिर आएको मै आश्चर्य रुपमा लिए । ‘यो कसरी तपाई सामु विषय आयो, मलाई त अचम्म लाग्यो’ उनले भने, ‘आन्तारिक कुरा हो ।’

सभामुख पूर्ण बहादुर घर्तिले सुरक्षा सचिबालयका लागि बारम्बार निर्देशन दिएपनि उक्त निर्देशन सचिवले अटेर गरेको मर्यादापालक बताउँछन् । अन्य प्रदेशमा मर्यादापालकले भत्तासमेत खाइरहदा पाँच नम्बर प्रदेशका मर्यादापालक चिया र डे«सिङ रुमको माग गरिरहेका छन् ।

सचिवले हकारे

मर्यादापालकको गुनासो लगेर सचिव दुर्लभ कुमार पुनसँग प्रतिक्रिया लिँदा आन्तरिक कुरा भन्दै पन्छिएका सचिवले प्रमुख मर्यादापालकलाई बोलाएर जथाभावी नबोल्न निर्देशन दिएका छन् । सचिव पुनलाई गुनासो राखेको ५ मिनेटमै प्रमुख मर्यादापालकलाई बोलाएर जथाभावी नबोल्न निर्देशन दिएको स्रोतले बताएको छ ।

खुल्लारूपमा क्यामरामा गुनासो राखेका मर्यादापालकले अन्तिम पटक स्रोत लुकाउन भन्दै बारम्बार फोनसमेत गरेका छन् । ‘सामान्य विषयलाई किन मिडिया बाजी गरेको भन्दै हामीलाई सचिवले भन्नुभयो’ क्यामेरामै गुनासो राख्ने एक मर्यादापालकले भने, ‘हाम्रो नाम नलिनुहोला ।’

प्रतिक्रिया