भिम र देवीको गीतमा दुर्गेश र जुनाको मस्ती

काठमाडौँ । लोक संगित क्षेत्रमा बिभिन्न खालका गीत सार्वजनिक हुने क्रममा यतिबेला गायिका देवी घर्ती र भिम पौडेलको आवाजमा ‘लाम की नलाम पिरती’ नामक गीतीएल्बम बजारमा आएको छ ।

गायक पौडेलले उक्त गीतको शब्द सृजना तथा संगित समेत गरेका छन् । त्यस्तै मोडल दुर्गेश थापा र जुना सुन्दासले फरक ढंगबाट अभिनय गरेका छन् । सोही भिडियो क्रान्ती केसीकोे निर्देशनमा तयार गरिएको छ भने अजय रेग्मीले छायांकन गरेका हुन् ।

दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको सोही गीतको भिडियो छोटो समयमै दर्शक स्रोताको रोजाइमा पर्दै गएको छ । अझै यस गीतले सफल प्राप्त गर्नेमा अफु बिश्वासनिय रहेको गायक पौडेलले दाबी गरे । यसभन्दा अगाडि पनि आधा दर्जन आफ्नै नाममा एल्बम बजारमा उतारीसकेको उनले बताए ।

प्रतिक्रिया