‘म नपुंसक हुँ, तर मेरा ३ बच्चा छन्’

लन्डन । एकजना सफल व्यापारीको कथा हो यो, जो बेलायती नागरिक हुन् । उनी ३ बच्चाका पिता हुन्, उनका जुम्ल्याहा छोराहरूको उमेर १९ र जेठो छोरो २३ वर्षका भए । तर, अचम्म त के छ भने, सन् २०१६ मा शरीर जाँच गर्दा उनी कुनै पनि हालतमा पिता बन्न नसक्ने तथ्य पत्ता लाग्यो ।

साँच्चै यो कुरा कत्ति अनौठो छ है !

रिचर्ड म्यासनले जब २०१६ मा आफ्नो बिरामीको बारेमा थाहा पाए, उनलाई निकै तनाव भयो । उनले पत्याउनै सकेनन् र पुनः एकपटक जाँच गर्न चिकित्सकलाई भने । यसपटकको परीक्षणले उनको जिन्दगीको बाटो नै बदलिदियो ।

रिपोर्टले आफू पिता बन्नै नसक्ने प्रमाणित गरिदिएपछि उनले पत्नीविरुद्ध मुद्दा हाले । म्यासनले पत्नीलाई अढाई लाख पाउन्ड दिनुपर्ने भयो, ३ बच्चाको वास्तविक पिताको पहिचान सार्वजनिक नहुने भयो । तर, उनका निम्ति यो घटना कति दुःखद् थियो ? उनकै शब्दमाः

जमिन भास्सिँदै गयो

मैले शरीर जाँच गराएपछि आएको रिपोर्ट हेर्दा आफू उभिएको जमिन भास्सिँदै गएको महसुस भयो । कुनै पनि पुरुष यस्तो रोग ‘सिस्टिक फिब्रोसिस’बाट पीडित भएपछि पिता बन्न सक्दैन ।

मैले पहिलोपटक यसबारे थाहा पाएपछि मेरो मुखबाट अचानक निस्कियो, ‘हे भगवान् ! म तीन बच्चाको पिता हुँ । डाक्टर ! तपाईंले गरेको जाँचमा निश्चय पनि कुनै गडबड हुनुपर्छ ।’ जवाफ दिँदै डाक्टरले भने, ‘हामीले गरेको जाँच एकदम ठीक छ । तपाईं यो रोगबाट ग्रसित हुनुहुन्छ ।’

त्यसपछि मलाई पत्नीसँग कुरा गर्न मन लाग्यो । लामो समयसम्म मेरो दिमागमा डाक्टरले भनेको शब्द गुञ्जिरह्यो । यो कुराले मेरो मस्तिष्कमा ठूलै धक्का दिएको थियो । मलाई के भएको छ ? मैले के गरेँ जिन्दगीमा ?

दिमाग हल्लाइरहेको सबैभन्दा ठूलो कुरो त के थियो भने, मेरा ३ बच्चाको पिता को हो ? मान्छे जब यस्तो अवस्थामा पुग्छ, तब उसलाई कुनै पनि कुराको विश्वास लाग्न छाड्छ ।

म सोचिरहेको थिएँ, कुनै पनि तरिकाबाट ३ बच्चाको वास्तविक पिता पत्ता लगाउने र ऊसँग भेट गर्ने उपाय । मलाई लागिरहेको थियो, मेरा नजिकका कुनै मित्र त यी बच्चाका पिता अवश्य होइनन् ।

नसुल्झिएका प्रश्न

म थाहा पाउन चाहन्थेँ, जब म आफ्ना बच्चाहरू फुटबल वा रग्बी खेलिरहेको देख्थेँ, तब त्यहीँ कतै ती (वास्तविक पिता) बसिरहेका छन् कि ! के ती पुरुष कहिलेकाहीँ मेरा बच्चाहरूको ‘प्यारेन्ट्स मिटिङ’मा गएका थिए ? मलाई साँच्चिकै थाहा थिएन, को हो त्यो मान्छे !

तपाईंलाई थाहै छ, जब तपाईंको जिन्दगीमा कुनै यस्तो रहस्य उत्पन्न हुन्छ, तब तपाईंलाई निकै प्रभाव पार्छ । स्वाभाविक छ, हरेक व्यक्ति यस्तो विषयमा जानकारी चाहन्छ ।

बिबिसीले यसबारे म्यासनकी पत्नीसँग कुरा गर्न प्रयास गर्यो । तर, उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया