साताको पहिलो दिन नेप्सेमा ८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ८ दशमलव ६० अंकले घटेर १ हजार १ सय ७९ दशमलव १७ को बिन्दुमा कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ६३ अंकले घटेर २ सय ४९ दशमलव ३८ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ४३ कम्पनीको ११ लाख ५३ हजार ७३ कित्ता शेयर खरिदबिक्री हुँदा ३६ करोड ४५ लाख ३८ हजार ७३६ रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरकोे भएको छ । जसको आज २३ करोड ४३ लाख ४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा ६ दशमलव ०९ प्रतिशतले वृद्धि गरेको छ । साथै सर्वाधिक गुमाउनेमा सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ दशमलव ३३ प्रतिशतले घटेको छ । यस दिन ११ वटा समूहहरु ३ वटा समूह बढेको छ भने बाँकी सबै समूह घटेका छन् ।

प्रतिक्रिया