कांग्रेसका पूर्वसांसद नेकपा प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद तीर्थराज भुसाल कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

नेकपाको पार्टी कार्यालय धुम्वाराहीमा शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेका चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भुसाललाई स्वागत गरेका हुन् ।

भुसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला सभापति थिए । त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचि भएका थिए ।

नेकपा प्रवेश गर्दै भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताए । उनले भने, ‘नेपाली कांग्रेसले मुलुकको समृद्धि गर्न सकेन, सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्न सक्छ ।’

उनले कांग्रेस कार्यकर्तालाई पनि समृद्ध नेपाल निर्माण गर्ने अभियानमा नेकपाको छातामुनि गोलबन्द हुन आग्रह गरे ।

प्रतिक्रिया