ग्लोबल बैंक र एमआर डाएगोनस्टिकबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरबीच सेवा एवं सुविधासम्बन्धी सम्झौता भएको छ । एमआर डाएगोनस्टिक एन्ड हेल्थकेयर सेन्टरका निर्देशक डा सतेन्द्र राउत र ग्लोबल आइएमई बैंक विराटनगरको शाखा प्रबन्धक शशिशेखर शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैंकले एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टरसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापश्चात् एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीलाई अस्पतालले विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

प्रतिक्रिया