बिहेको निम्तो दिन जाँदा हतौडाले हानेर हत्या

सल्यान । सल्यानमा एक ब्यक्तिमाथी हतौडा प्रहार गरि हत्या भएको छ । जिल्लाको शिद्धकुमाख गाउँपालीका २ सल्लाघारी निवासी ४७ बर्षिय शालीकराम चलाउनेले सोही ठाउँका ४२ बर्षिय यमन बोहरा लाई हतौडा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

छोराको बिहेको लागी आज शुक्रबार चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई आफ्नै घरमा ढुङगा फोडने हतौडा प्रहार गरेको र मृतकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बिहान ८ बजे चलाउनेको घरमा निम्तो दिन पुगी रोटी खाँदै गर्दा एकासी हतौडा टाउकोमा प्रहार गरी हत्या गरिएको उनले बताए । घटना लगतै अभियुक्त चलाउने फरार रहेको र उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । घटना बिहान ८ बजेको भए पनि ९ बजे मात्रै स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुगेको थियो ।

पोष्टमार्टमका लागी लास जिल्ला अस्पताल सल्यानमा ल्याईएको छ । मृतक बोहराका १ छोरा र १ छोरी छन् भने घरको आर्थिक अवस्था कमजोर रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया