लक्ष्मी बैंक र नेपाल एग्रिबिजिनेसबीच सम्झौता

काठमाडौं । कृषि क्षेत्रमा वित्तीय पहुँचलाई सुदृढ बनाउने उद्देश्यसहित लक्ष्मी बैंक तथा नेपाल एग्रिबिजिनेस इन्नोभेसन सेन्टरबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि बैंकिङ च्यानलमार्फत एग्रि–स्टार्ट एपहरू तथा एग्रि–एसएमइहरूका लागि वित्तीय सहयोग प्रदान गर्नेछ । नेपाल एग्रिबिजिनेस इन्नोभेसन सेन्टर कृषि व्यवसायका लागि सल्लाह तथा परामर्शसम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्रिबिजिनेस इन्नोभेसन सेन्टरका प्रतिनिधिले सो सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअन्तर्गत सहयोगका प्रमुख क्षेत्रहरू सूचना तथा अनुभवको आदानप्रदान, नेटवर्कमा पहुँच, संयुक्त रूपमा परियोजनाको विकासलगायत समान उद्देश्यका अन्य क्षेत्रहरू रहेका छन् । लक्ष्मी बैंक नेपाल एग्रिबिजिनेस इन्नोभेसन सेन्टरको संस्थागत सदस्य पनि हो ।

प्रतिक्रिया