डा. केसीलाई मध्यरातमा काठमाडौं ल्याइयो, आईसीयूमा भर्ना

फाइल तस्बिर

काठमाडौं । पुस २५ देखि इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि मध्यरातमा काठमाडौं ल्याइएको छ ।

बिहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए ।

राती इलाममा हेलिकोप्टर ल्याण्ड गर्न नसकेपछि इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याएर भद्रपुरबाट सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो । उनाई पौने चार बजेतिर त्रिवि शिक्षण अस्पतालकाे आईसीयूमा भर्ना गरिएको छ ।

प्रतिक्रिया