अमित साहलाई ‘स्वाइन फ्लु’

नयाँ दिल्ली । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाह स्वाइन फ्लु भएका कारण उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

उनी आफैंंले बुधबार राति ट्विट गर्दै भनेका छन्, ‘मलाई स्वाइन फ्लु भएको छ । त्यसको उपचार भइरहेको छ । ईश्वरको कृपा र तपाईँहरूको प्रेम र शुभकामनाले चाँडै स्वस्थ हुनेछु ।’

उनलाई उपचारका लागि एम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ । भारतका अर्थमन्त्री अरुण जेट्लीपनि स्वास्थ्य खराब भएका कारण अमेरिकामा उपचार गराइरहेको समाचारमा जनाइएको छ । उनको मृगौला प्रत्यारोपण भएकोमा सो सम्बन्धी समस्एया भएको बताइएको छ ।

प्रतिक्रिया