देवी घर्ति र सम्भु सिलवालको आवाजमा ‘पञ्चेबाजा’

काठमाडौँ । लोकप्रिय गायिका देवी घर्ती र सम्भु सिलवालको आवाजमा पञ्चेबाजा गीत ‘रानी झ्यालैमा’ सार्वजनिक भएको छ । बैदेशिक रोजगार प्रचुगलमा रहेर पनि नेपालि लोक संस्कृतिलाई मायाँ गर्दै उक्त गीत बजारमा ल्याएको गायक सिलवालले बताए ।

यसभन्दा अगाडी पनि केही गीतहरु बजारमा ल्याएर लोकप्रियता पाएको गायक सिलवालले जिकिर गरे । सिलवालको आफ्नै शब्द सृजना रहेको उक्त गीतमा दुर्गा थापाको संगीत रहेको छ । शायुष्मा प्राेडक्शनको प्रस्तुती रहेको सोहि गीतको भिडियोमा एम के थपलियाको निर्देशन तथा मरुभूमि नारायणले छायांकन गरेका हुन् ।

गायक सम्भु सिलवालको आफ्नै बिवाह मण्डपमा भिडियोको छायांकन गरेको बताए । सोही भिडियोमा भरत मणी सिलवाल, मबिन भट्टराई, रुकमणी भट्टराई र टिका सानुको अभिनय रहेको छ । गायक सिलवालले आफै सम्पादन गरेको उक्त गीतको भिडियो गायक सुर्य खड्काको यूट्युब मार्फत सार्वजनिक गरिएको छ । लगनकै महिनामा पञ्चेबाजा गीत बजारमा ल्याएका सिलवालले दर्शक स्रोताको रोजाईमा पर्नेमा आफु बिश्वस्त रहेको दाबि गरे ।

प्रतिक्रिया