युरोप र अमेरिकामा भारी हिमपात

भियना । युरोपका विभिन्न देशमा हिमपातका कारण जनजीवन कष्टकर भएको छ । युरोपमा जर्मनी, अस्ट्रिया,स्वीजरल्यान्ड, नेदरल्यान्ड्स लगायतका देशमा हिमपातले जनजीवन कष्टकर भएको हो ।

अस्ट्रियामा हिम आँधीमा परेर १ जनाको मृत्यु भएको छ भने हिउँसम्बन्धी दुर्घटनाका कारण बसमा यात्रा गर्ने दर्जनौँ मानिस घाइते भएको बताइएको छ ।

यसैगरी, अमेरिकाका विभिन्न स्थानमा पनि व्यापक रूपमा हिमपात भएको छ । अमेरिका अहिले आंशिक रूपमा बन्दको अवस्थामा रहेका वेलामा हिमपातले जनजीवन अप्ठ्यारोमा परेको बताइएको छ । आंशिक बन्दका कारण थुप्रै कर्मचारी र कामदारले अहिले तलब पाउनसमेत सकेका छैनन् ।

प्रतिक्रिया