११ माघमा बैना लाग्ने

काठमाडौं । लिङ्देन फिल्मस्को ब्यानरमा निर्मित चलचित्र ‘बैना’ माघ ११ गतेबाट देशभरका हलमा एकसाथ रिलिज हुने भएको छ । दिलप्रकाश याक्सो निर्देशित यो चलचित्रका बारेमा राजधानीमा पत्रकार सम्मेलनमार्फत रिलिज मिति सार्वजनिक गरिएको हो ।

त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर चलचित्र बनाइएको निर्माण पक्षले जानकारी गराएको छ । चलचित्रमा सुरवीर पण्डित, उदय सुब्बा, सुवास मेचे, रञ्जिता लिम्बू, भुपेन्द्र लिङ्देन, राजु लिङ्देन, विश्व मुखिया, युमारानी लिम्बु, सन्तु मगर लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा विकास चौधरीको संगीत, राजु किरातीको द्वन्द्व, कमल राईको नृत्य निर्देशन रहेको छ । कथा, पटकथा, सम्वाद विजय केरुङको रहेको चलचित्र ‘बैना’ नेपाली समाजमा रहेको पुरातनवादी मानसिकता र प्रेमकथालाई कलात्मक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ ।

निर्देशक याक्सोका अनुसार ‘बैना’ पूर्वाञ्चलका रमणीय स्थान दमक, धनकुटा, इलाममा छायांकन गरिएको हो । भुपेन्द्र लिङ्देनको प्रस्तुति रहेको यो चलचित्रलाई हिमाली लिङ्देन, राजु लिङ्देन, धनबहादुर याक्सो, बिना पालुङ्वाले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया