स्वास्थ्य बिमा नवीकरण गर्ने ह्वात्तै घटे

बैतडी । जिल्लामा स्वास्थ्य बिमानवीकरण गराउनेको संख्या ह्वात्तै घटेको छ । नेपाल सरकारले ०७४ पुसदेखि बैतडीमा स्वास्थ्य विमा लागू गरेको थियो । सुरु गरेको वर्ष यस कार्यक्रमप्रति धेरै आकर्षित भए पनि नविकरणमा भने चासो राखेका छैनन् ।

गत वर्ष स्वास्थ्य बिमा गर्नेहरूले यस वर्ष नविकरण नगराउँदा यस वर्ष एक तिहाइले मात्र नविकरण गराएका छन् भने नया बिमित पनि थपिएका छैनन् । सरकारले दिने सेवा सुविधा भनेको ठाउँमा नपाइनु सेवा पाउनको लागि झन्झटिलो हुँदा जनताले यो कार्यक्रममा चासो नदिनुले यस वर्ष विमित घटेका हुन् ।

वडामा कार्यरत दर्ता सहयोगीहरूलाई उचित तालिम र पारिश्रामिक नदिइनु, जनप्रतिनिधिहरूलाई स्वास्थ्य बिमाप्रति चासो नहुनाले र आम जनसमुदायलाई यसबारे जानकारी नहुँनाले पनि गत वर्ष भन्दा यस वर्ष नवीकरण गर्नेको संख्यामा कमि आएको र नया पनि नथपिएको स्वास्थ्य विमा कार्यालय बैतडीका दर्ता अधिकारी विष्णु जोशीले वताए ।

स्वास्थ्य बिमामा घरका पाचँ जना सम्मकाले २ हजार ५ सय वर्ष भरिको एक मुष्ट तिर्नुपर्ने र नेपाल सरकारले त्यस बापतको एक जाना बरावरको ५० हजार बराबरको औषधि उपचार निःशुल्क गरि दिने थियो । परिवारका ५ जनाभन्दा बढीको लागि प्रति सदस्य ४ सय २५ थप तिरेर सदस्य बन्न पाउने प्रवाधान छ । विमा गरेका सदस्यको सेवा सुविधाको लागि सरकारले निश्चित अस्पताल तोकेको थियो ।

जिल्लाको सिमाना भारतसँग जोडिएको हुँदा यहाँका जनता सामान्य उपचारको लागि पनि भारतको अस्पतालको भर पर्नाले पनि बिमितको संख्यामा कमी आइरहेको अर्का दर्ता अधिकारी जमन वडाल बताउँछन् ।

गत वर्ष कार्तिक सम्म ७ सय १ परिवारका ३४ सय ५ जनाले विमा गराएका थिए जसमध्ये यस वर्ष २ सय ३ परिवारका १ हजार ९० जानाले मात्र नवीकरण गराएका छन् । नेपाल सरकारले भनेको ठाउँमा सेवा सुविधा दिएको भए र जनता लाई यस सम्बन्धी जानकारी गराउन सके यो कार्यक्रम प्रभावकारी हुने देखिन्छ ।

प्रतिक्रिया