मलेखु जोड्न पुलको शिलान्यास

काठमाडौं । धादिङको बेनिघाट रोराङ–३ मलेखु र सिद्धलेक–४ आरुवासटार जोड्ने त्रिशुली नदी माथिको दुई लेनको पक्की पुलको शिलान्यास भएको छ । प्रतिनिधिसभा क्षेत्र–.१ का सांसद भूमि त्रिपाठीले सोमबार बेनिघाट रोराङको पक्की पुलको शिलान्यास गरेका हुन् ।

सांसद त्रिपाठीले अबको दुई वर्षभित्रै पुलको निर्माण कार्य सकिने बताए । सांसद त्रिपाठीले भने, ‘पुल समयमा नै सम्पन्न गर्नको लागि जनप्रतिनिधिको हैसियतले सक्दो सहयोग हुन्छ । समयमा नै निर्माण कार्य सम्पन्न हुन्छ । ’

कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, सिद्धलेक गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवाल, बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख पित्त बहादुर डल्लाकोटीलगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो । उपस्थिति सबैले निर्माण कार्यलाई तिव्रता दिनका लागि कामको गुणस्तरीयतामा कन्जुस्याईँ नगर्न ठेकेदार कम्पनीलाई सझाएका थिए ।

पुल निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनी महाविर नीलगिरी नेसनल जेभीका प्रमुख युवराज डाँगीले दुई वर्ष भित्रमा कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्् । उनले भने, ‘दुई वर्षभित्रै काम सम्पन्न हुन्छ, तर त्यसको लागि निर्माणका क्रममा कुनै पनि विवाद र अवरोध आउन हुँदैन ।’

प्रतिक्रिया