कोइलाखानी दुर्घटनामा २१ को मृत्यु

चीन । उत्तरी चीनस्थित एक कोइलाखानीमा भएको दुर्घटनामा २१ जना कामदारको मृत्यु भएको छ भने ६६ जनाको जिवितै उद्धार गरिएको छ।

उक्त घटना शनिबार देशकै कोईलाखानीको केन्द्रको रुपमा रहेको साअन्छी राज्यमा भएको हो। विगत केही वर्षयता कोइलाखानीमा पुरिएर वा विष्फोटको शिकार भई ज्यान गुमाउनेको संख्यामा कमी भए पनि उक्त खानी विश्वकै एकमदमै घातक भएको जनाइएको छ।

निजी कम्पनी बाइजी माइनिङद्वारा सञ्चालित खानीमा भएको उक्त दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको छ। गत वर्ष डिसेम्बरमा पनि चीनको दक्षिण पश्चिममा भएको कोइला खानी दुर्घटनामा सात जना कामदारको मृत्यु हुनुका साथै अरु तीन जना गम्भीर घाइते भएका थिए।

प्रतिक्रिया